४ बैशाख २०८१, मंगलवार

विद्यालयलाई सरसफाई सामाग्री प्रदान (भिडियो सहित)



धनगढी / धनगढी उपमहानगरपालिकाका १२ वटा स्कुललाई सरसफाइमा आवश्यक सामाग्री प्रदान गरिएको छ ।

अक्सफाम नेपाल र फाया नेपाल कैलालीद्धारा सञ्चालित स्वच्छता प्रवद्र्धनका लागि व्यवहार परिवर्तन परियोजना अन्तरगत धनगढीका १४, १५, १६, १७, १८ र १९ वडाका १२ वटा स्कुललाई सरसफाइका कार्यक्रम वितरण गरिएको हो ।

फायाका शिवराज चौधरीका अनुसार प्रत्येक विद्यालयलाई १५० थान सेनेटरी प्याड, चार वोतल फिनाइल, १८ थान सिन्का झाडु, ५०० मिलिलिटरका १० थान सेनेटाइजर, ९०० थान सर्जिकल मास्क, १०० थान ग्लोव्स, चारवटा प्याड डिस्पोजल विन दिइएको छ ।

सोही सामाग्रीबाट शुक्रबार स्कुल परिसरमा सरसफाइ कार्यक्रम चलाइएको फूलवारी माविका शिक्षक इन्द्रमाया गजुरेलले बताइन ।
उनले सरसफाइ सामाग्रीले विद्यालय सफा र स्वच्छ बनाउन निक्कै सहयोग पुग्ने बताइन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार