१० श्रावण २०८१, बिहीबार

आलोक मल्टि ट्रेडलाई ११ लाख बढी आर्थिक सहयोग



धनगढी । कैलाली उद्योग वाणिज्य संघको पहलमा आलोक मल्टि ट्रेड कन्सर्न प्रा.लि.लाई ११ लाख भन्दा बढी आर्थिक सहयोग गरिएको छ ।

आर्थिक संकलन अभियानमा संकलन भएको ११ लाख ६८ हजार ७ सय ५५ रुपैयाँ  आलोक मल्टि ट्रेड कन्सर्न प्रा.लि.लाई  शुक्रबार हस्तान्तरण गरिएको छ ।

उद्घाटनको तयारीमा रहेको भोजराज भट्ट र पदम भण्डारीको आलोक मल्टी ट्रेड कन्सर्न उद्योगमा फागुन २३ गते एक्कासी आगलागी भएको थियो।

आगलागी भएर झण्डै ८ करोडको क्षति भएको छ। आगलागीबाट पूर्णरुपमा ध्वस्त भएको आलोक कन्सर्न प्रालीलाई जनस्तरबाटै आर्थिक सहयोग गर्न अभियानहरु थालिएका छन्।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार