१० श्रावण २०८१, बिहीबार

कथाव्यास प्रथम सम्मेलन हुँदै



कैलाली । हिन्दु धर्मको रक्षाका लागी सुदुरपश्चिम क्षेत्रीय कथाब्यास प्रथम सम्मेलन धनगढीमा हुने भएको छ ।

शुक्रबार पत्रकार सम्मेलन गरि सो कुराको जानकारी दिएको हो । शनिबार बिहान १० बजे बाट शुरु हुने सो सम्मेलनलाई श्री १००८ स्वामी देबराज आचार्यले उदघाटन गर्ने सम्मेलन संयोजक खगेन्द्र राज अबस्थीले जानकारी दिए ।

धार्मिक महागठबन्धनको प्रयास स्वरुप नेपाल भरी छरिएर रहेका सबै कथाब्यास गुरु लाई एकै संगठनमा आबद्ध गराई, हिन्दु धर्मको रक्षाका लागी लाग्ने अभिप्रायका कारण सम्मेलन आयोजना गरिन थालेको उनले बताए ।

राष्ट्रिय कथाब्यासका केन्द्रीय सचिब राघब उपाध्यायले धर्मनिरिपेक्ष राष्ट्र निर्माण पछि नेपालमको धार्मिक क्षेत्रमा परेको असरलाई हल गर्ने उद्देश्यका साथ सम्मेलन गरिन थालेको बताए ।

नेपालको धार्मिक क्षेत्र तहसनहस भएको कथाब्यास गुरुहरुलाई राज्यले उपेक्षा गरेको, सामाजिक, विकृती बढेको, आर्थिक सुरक्षा र सामाजिक सुरक्षमा चुनौती थपिएको उनको भनाई छ । समस्या समाधान गर्न र गराउन कथाब्यास गुरुहरुलाई एकजुट गराउन सम्मेलन कोसेढड्डा साबित हुने उनले बताए ।

८१ प्रतिशत जनताले हिन्दुधर्म मान्ने गरिएको भएपनि नेताहरुले देशलाई बबार्दतिर धकेल्न धर्म निरपेक्ष राष्ट्र बनाएको उनले बताए । सम्मेलनमा ९० जना कथाब्यास गरुको उपस्थिती हुनका साथै ६० बर्ष देखि ८० बर्ष समुहका २५ जान कथाब्यास गुरुलाई पुरस्कृत गरिने संयोजक खगेन्द्रराज अबस्थीले जानकारी दिए ।

उनीहरुले अहिले सम्म गरेको योगदानको पहिचानगरी पुरस्कारको ब्यबस्था गरेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार