१० श्रावण २०८१, बिहीबार

मालपोत कार्यालय कञ्चनपुरका एक अधिकृत घुस रकमसहित पक्राउ



कञ्चनपुर । मालपोत कार्यालय कञ्चनपुरका एक अधिकृत घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मालपोत अधिकृत लोकराज जोशीलाई बिहिवार २४ हजार रुपैयाँनगदसहित पक्राउ गरेको हो । 

सेवाग्राहीबाट २४ हजार नगद लिइरहेको अवस्थामा जोशीलाई मालपोत कार्यालय नजिकैको होटलबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले जनाएको छ । 

अंशबण्डामा सहजिकरण गरिदिने भन्दै सेवाग्राहीबाट घुस लिँदै गर्दा मालपोत अधिकृत जोशी अख्तियारको फन्दामा परेका बताइएको छ । गत वर्ष पनि मालपोतकै कर्मचारी डेढ लाख नगदसहित पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार