६ चैत्र २०८०, मंगलवार

पत्रकार योगीको शब्दमा भीम बिसीको ‘ऐना हेरी हेरी’ बजारमा



धनगढी । संगीतकार तथा गायक भीम बिसीको नयाँ गीत ‘ऐना हेरी हेरी’ सार्वजनिक भएको छ । लेखक तथा पत्रकार शिवराज योगीले रचेका शब्दमा बिसीले संगीत भरेका छन् । गीतमा आवाज पछिल्लो समयकी चर्चित गायिका एलिना चौहान र बिसीको आवाज सुन्न सकिन्छ ।

उच्च क्वालिटीमा तयार पारिएको गीतको म्युजिक भिडियोको निर्देशन र सम्पादन भने अहिलेका चर्चित निर्देशन प्रविन भट्टले गरेका हुन् । गीतको एरेन्ज विश्व अधिकारीले गरेका छन् भने अजय रेग्मीले छायाङ्कन गरेको भिडियोमा गायिका एलिना र बिसी आफैले अभिनय गरेका छन् । गीतको भिडियोमा सरोज बुढाथोकीको श्रृङ्गार र कुशुम श्रेष्ठको पहिरन छ ।

सहायक निर्देशक सागरबाबु भट्ट रहेको गीत गायक बीसीले आफ्नै अफिसियल युटुब च्यानल भीम बिसी अफिसियलबाट सार्वजनिक गरेका हुन् । छुट्टिएर टाढा बस्न बाध्य पे्रमिल जोडीको मार्मिक कथालाई गीत उतारिएको छ । माया, प्रेम र प्रमिल मान्छेको साथ भएन भने धनले मात्रै मान्छे खुशी र शुखी हुँदैन भन्ने भाव गीतमा समेटिएको छ ।

गीत कारुणिकमात्र होइन आधुनिक प्रविधि र लयमा निर्माण भएकाले धेरैले रुचाउने विश्वास भीम बिसीले व्यक्त गरे । बिसी सांगीतिक क्षेत्रमा पछिल्लो समय निकै चर्चित बन्दै गएका सर्जकका रुपमा चिनिन्छन् । यसअघि बिसीका ‘एक कान दुई कान मैदान’, ‘झम्क्या बुलाकी’, ‘टालाटुली बाटुली’, ‘निरमाया’, जस्ता दर्जनौं गीत लाखौं स्रोता–दर्शकले रुचाएका छन् । उनका कतिपय गीत करोड क्लबमा पनि परेका छन् ।

हेरौं यूटुवमा

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार