धनगढीमा मःम अड्डा

धनगढी । धनगढीमा मःम अड्डा खुलेको छ । युवा व्यवसायी आभेष चन्दले धनगढीको अस्पताल लाईनमा मःम अड्डा सञ्चालनमा ल्याएका हुन् ।मःम र मट्का चिया पाउने अड्डाको होटेल व्यवसायी संघ कैलालीका अध्यक्ष कलम बम र समाजसेवी साहित्यकार सुरतवहादुर शाहले उद्घाटन गरे ।
१५ लाखको लगानीमा अस्पताल लाईनमा आउने विरामी तथा उनीहरुका आफन्तलाई राहत होस भनेर मः मः अड्डा सञ्चालन गरेको सञ्चालक चन्दले बताए ।