४ आश्विन २०७८, सोमबार

ग्यास लिक भएर आगलागी हुँदा चारजना घाइते



धनगढी। कैलालीमा ग्यास लिक भएर आगलागी हुँदा चारजना घाइते भएका छन्।जिल्लाको टीकापुर नगरपालिका–१ मा स्थानीय जनक बिष्टको घरको भान्छा कोठामा ग्यास सिलिण्डर लिक भएर आगलागी हुँदा ४ जना घाइते भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले आज आगलागी हुँदा घर धनी बिष्टसहित २८ वर्षीया उनकी श्रीमती वविता बिष्ट, ३ वर्षीय छोरा जेनेल बिष्ट र घरमा सहयोगीका रुपमा कार्यरत ४५ वर्षीय हरि चौधरी घाइते भएको जानकारी दिए।

उनीहरुलाई उपचारका लागि कोहलपुर लगिएको छ। कोठामा ग्यास लिक भएको अवस्थामा आगो सल्काउँदा आगलागी भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्