७ कार्तिक २०८१, बुधबार

भीरबाट लडेर एक जनाको मृत्यु



धनगढी। बझाङमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्बर ६ का  ३० वर्षिय जसबिरे धामीको भीरबाट लडेर मृत्यु भएको प्रहरीले बताएको छ। 

कामबाट घर फर्किने बेला भीरबाट लडेका उनी घर नजिकै मिस्त्रीको काम गर्दै आएका थिए। आइबार दिउसोसम्म घर नफर्केपछि उनको खोजी गरिएको थियो। उनको शव भेटिएको हो।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार