४ आश्विन २०७८, सोमबार

सुदुरपश्चिम प्रदेश खेलकुद परिषदको सदस्य सचिवमा सिंह नियुक्त



धनगढी । सुदुरपश्चिम प्रदेश खेलकुद परिषदको सदस्य सचिवमा दिपकबहादुर सिंह नियुक्त भएका छन । 

कैलाली जिल्ला खेलकुद विकास समितिको अध्यक्ष भइसकेका सिंहलाई प्रदेश सरकारको मन्त्री परिषदले सदस्य सचिव पदमा नियुक्त गरेको हो । ।  शनिवार बसेको मन्त्री परिषदको बैठकले सिंहलाई सदस्य सचिव पदमा नियुक्त गरेेेको हो ।

भोलि विहान ११ बजे सपथ ग्रहण गर्ने कार्यक्रम रहेको सामाजिक मन्त्रालयलेे जनाएको छ ।  कैलाली अध्यक्ष हुदा सिंहले देशकै उत्कृष्ट तीन मध्य कैलाली जिल्ला खेलकुद विकास समितिलाई पार्न सफल भएका थिए । 

सिंहको कार्यकालमा देशभरीमै कैलाली जिल्ला खेलकुदमा तेस्रो भएको थियो । उनको कार्यकालमा ४२ वटा विद्यालयमा खेल मैदान, वास्केटबल कोर्ट, वहुउद्देश्यीय कभर्डहल, सवै निर्वाचन क्षेत्रमा एक एक खेल मैदान, टीकापुरमा सुटिंग रेञ्ज र स्पोर्टस एकेडेमीका लागि फुटबल मैदान, फुलवारी र खेलकुद विकास समितीमा क्रिकेट पिच निर्माण भएको थियो ।

खेलकुद विकास समितिमा छुट्टै महिला पुरुष शौचालय निर्माण, पहिलो पटक खेलाडी सम्मान कार्यक्रमको सुरुवात, खेलाडीलाई पोषण सम्बन्धी तालिम लगायतका कार्यक्रम पनि गरिएको थियो । 

जिल्ला खेलकुद विकास समितिको सफल नेतृत्व गरेका सिंहले सचिव नियुक्त भएपछि प्रतिक्रिया दिदै सबैसंग मिलेर सुदूरपश्चिम क्षेत्रको खेलकुदलाई अझ माथि उठाउन लागि पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्