१० श्रावण २०८१, बिहीबार

महिला नेतृत्वबारे अभिमुखीकरण



धनगढी । कैलालीको धनगढीमा तीन दिने नेतृत्व, लैङ्गिकता र स्थानीय स्तरमा सहभागिता विषयक अभिमुखीकरण कार्यक्रम शुरु भएको छ ।

सवा नेपालको आयोजनामा सुरु भएको तालिममा साना उद्योग क्षेत्रबाट जिविकोपार्जन गरिरहेका महिलाहरूलाई थप व्यवसायीकरण गर्ने उद्देश्य रहेको जनाइएको छ ।

कार्यक्रमको धनगढी उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष तथा प्रवक्ता सन्तोष मुडभरीले उद्घाटन गरे ।

सो अवसरमा वडाध्यक्ष मुडभरीले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न सुझाव दिए ।

कार्यक्रम सवा नेपालका प्रमुख कार्यकारी रविनमान अमात्यको अध्यक्षतामा भएको थियो ।

उदघाटन कार्यक्रममा सप्रास नेपालका कार्यक्रम संयोजक चन्द्र बहादुर सिंहले महिलाहरूको आयस्रोत र हिंसा न्यूनिकरण गर्नका लागि आर्थिक सशक्तीकरण आवश्यक रहेको बताए ।

तालिममा धनगढी उपमहानगरपालिकाका २८ जना महिलाहरूको सहभागिता रहेको छ । प्रशिक्षकहरु मिना चौधरी, जयमति चौधरी, रुपा चौधरी र प्रतिक्षा रिजालले सहजीकरण गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार