वडा कार्यालय भवन शिलन्यास
धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ को वडा कार्यालय भवनको सोमबार शिलन्यास गरिएको छ ।

सोमबार आयोजित एक संक्षिप्त कार्यक्रमबीच उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले भवनको शिलन्यास गरे । सो कार्यालय भवन एक वर्षभित्र निर्माण पुरा हुने बताइएको छ ।
सो अवसरमा नगर प्रमुख वडले १९ वटा वडा कार्यालयहरूमध्ये अधिकांस वडाको भवन निर्माण पुरा भैसकेको बताए ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष बलबहादुर ऐरले वडा कार्यालयको निर्माण कार्य कस्तो भैरहेको छ त्यसको निगरानी गर्न स्थानीय संग अनुरोध गरे ।
उनले भने, ‘यो वडाबासीको सम्पती हो निर्माण कार्य राम्रो संग सम्पन्न हुनुपर्छ ।’ उनले बडा कार्यालय समयमै सम्पन्न हुने बताए ।