१० श्रावण २०८१, बिहीबार

सशस्त्र प्रहरीद्वारा माल सामान र माछाको भुरा बरामद



धनगढी ।  भारतबाट अवैध रुपमा भित्र्याइएको माल सामान र माछाको भुरालाई सशस्त्र प्रहरीले बरामद गरेको छ । 

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलाली मातहतका बीओपीबाट खटेको प्रहरी टोलीले विभिन्न इलाकाबाट तीन लाख ८५ हजार ३७५ रुपैयाँ बराबरको माल सामान बरामद गरेको हो । बरामद सामानमा लत्ताकपडा, इलेक्ट्रोनिक सामान लगायत रहेको छ । बरामद सामानलाई आवश्यक कारबाहीका लागि सत्ती भन्सार कार्यालयमा बुझाइएको छ । 

यसैगरी, भारतबाट ल्याउँदै गरेको ९० हजार रुपैयाँ मूल्य बराबरको माछाका भुरा पनि सशस्त्र प्रहरीले बरामद गरेको छ । बरामद भुरा सरोकारवाला निकायको रोहबरमा नष्ट गरेको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार