७ बैशाख २०८१, शुक्रबार

सत्ती भन्सार नाकामा अझैं आवतजावत खुलेन



टीकापुर । नेपाल सरकारले भारतसँग सीमा जोडिएका सिमानाकाहरु खुला गर्ने निर्णय गरे पनि कैलालीको सत्ती भन्सार नाका अझै आवतजावतका लागि खुला भएको छैन ।

सिमानाका नखुलेका कारण अहिले दैनिक सयौंको संख्यामा भारतीय नागरिकहरु लुकिछिपी नेपाल प्रवेश गर्ने गरेका छन् ।

पहिले सो भन्सार कार्यालयमा मात्र सीमा सुरक्षा प्रहरीको क्याम्प रहेको थियो । हाल एक किलोमिटरको दूरीमा सीमा सुरक्षा प्रहरी क्याम्प स्थापना भएको छ ।

नेपाल सरकारले नेपाल आउन चाहने भारतीय नागरिकहरुलाई कोरोना संक्रमण नेगेटिभ भएको प्रमाणपत्र अनिवार्य रुपमा पेस गर्नुपर्ने व्यवस्था गरेको छ ।

भारतको तिकुनियाका हरिश कुरेसीले नेपाली प्रहरी सुरक्षाकर्मीको आ“खा छलेर आफूहरु कामका लागि नेपाल आउने गरेको बताए । उनले भने– हामी दिनभरी कवाडी सामान संकलन गरेर घरखर्च चलाउछौं । प्रहरीलाई पैसा दिएर भए पनि नेपाल आउनु हाम्रो बाध्यता बनेको छ । यो सिमानाकाबाट दैनिक दुई सयकको हाराहारीमा भारतीयहरु नेपाल आउने गरेका छन् ।

खक्रौला स्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) का इन्चार्ज पदमराज भट्टले भन्सार नाकाबाट मालसामान आयात निर्यात हुने गरेको भए पनि मानिसको आवतजावत भने हुननसकेको बताए ।

उनले भारतीय नागरिक नेपाल प्रवेश गरेको सूचना आफूहरुलाई पनि आएकोे बताए । उनले भने– पहिले खक्रौला बिओपीबाटै हेर्नुपर्ने अवस्था थियो । अहिले कौवाखेडा, कालाकुण्डमा बिओपी स्थापना भइसकेका कारण हाम्रो कार्यक्षेत्र घटेको छ ।

उनले आफ्नो क्षेत्रबाट कोही पनि भारतीय नागरिक नेपाल प्रवेश नगरेको बताए ।
कालाकुण्डा बिओपी प्रमुख केशव गोइलाले भारतीय नागरिकहरुलाई नेपाल प्रवेश गर्नबाट रोक्नका लागि आफूहरु सधैं सजग रहेको बताए ।

उनले भने– ‘पथरैया र मोहना नदीको संगमस्थलबाट भारतीय नागरिकहरु नेपाल प्रवेश गरिरहेको खबर पाएका छौं । पथरैया नदी तरेर जानसक्ने अवस्था छैन । नदीबाटै अवैध रुपमा आवागमन भइरहेको देखिन्छ । सबैभन्दा जसबहादुर घाटबाट भारतीयहरु नेपाल आइरहेको खबर पाएका छौं ।

मरियाघाट बिओपी प्रमुख मुक्ति खड्काले प्रहरीले २४ सै घण्टा ड्युटी दिन कठिनाई हुने र प्रहरीका आ“खा छलेर नागरिकको आवागमन हुने गरेको बताए । ‘एक क्षेत्रमा गयो, अर्को क्षेत्रबाट प्रवेश गर्छन् । हामीले प्रयास भने गर्दै आएका छौं’, उनले भने– भारतीय नागरिकहरुसंग स्थानीयको पनि संलग्नता भएका कारण प्रहरी आएको खबर उनीहरुलाई पु¥याउने गरेका छन् ।

अहिले भारतस“ग जोडिएका सीमानाका खुकुलो हु“दै जा“दा र नागरिकको आवागमन बढ्दा भन्सार कार्यालयको राजश्व संकलनमा समेत गिरावट आएको छ । भन्सार कार्यालयमा अघिल्ला पा“च महीनाको तुलनामा पुस र माघ महिनामा राजस्व संकलनमा गिरावट आएको सत्ती भन्सार कार्यालय खक्रौलाका प्रमुख विमलकुमार शाहले बताए ।

कार्यालयले चालू आर्थिक वर्षको मंसिर महिनासम्म सन्तोषजनक ढंगबाट राजश्व संकलन गरेको भए पनि पुस र माघ महिनामा कमी आएको जनाएको छ ।

खक्रौला भन्सार प्रमुख शाहका अनुसार गत मंसिर महिनामा एक करोड ४८ लाख ४७ हजार रुपैया राजश्व संकलन भएको थियो ।

त्यस्तै, गत पुस महिनामा एक करोड ४२ लाख ४७ हजार र माघमा एक करोड ३४ लाख २५ हजार रुपैया राजस्व संकलन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार