१० श्रावण २०८१, बिहीबार

प्रादेशिक तथा स्थानीय सडक निर्माण सम्बन्धी समझदारी



धनगढी । अछामको तुर्माखाद गाउँपालिकाले प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम बारे समझदारी पत्र (एमओयुमा) सम्झौता गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजनामा आइतबार धनगढीमा भएको एक कार्यक्रममा गाउ“पालिकाका अध्यक्ष पुष्पराज शर्माले साझेदारी पत्रमा हस्ताक्षर गरे ।

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहको उपस्थिति भएको कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रम भएको थियो ।

संघीय, प्रदेश तथा स्थानीय सरकारको संयुक्त लगानीमा प्रादेशिक तथा स्थानीय सडक निर्माण र सुधार कार्यक्रम सञ्चालन हुने बताइएको छ ।

तुर्माखाद गाउँपालिकाको केन्द्र जोड्न स्थानीय तहको संयुक्त साझेदारीमा सडक निर्माण गर्ने जनाइएको छ ।

प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम अन्तर्गत तुर्माखाद–बासकाँडा–पुनेपाटा–बतासे सडक (३० किलोमिटर) आयोजना कार्यान्वयनका लागि नेपाल सरकार, प्रदेश सरकार र तुर्माखाद गाउँपालिका बीच आयोजना कार्यान्वयन लागि गाउँपालिकाको तर्फबाट समझदारी पत्रमा हस्ताक्षर गरिएको गाउँपालिका अध्यक्ष शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार