१३ बैशाख २०८१, बिहीबार

पाँच करोड बढिको मह उत्पादन



दार्चुला । दार्चुलाका विभिन्न स्थानीय तहमा यस वर्षको हिउँदेयाममा पाच करोड रुपैया बढीको मह उत्पादन भएको छ ।

दार्चुलाको शैल्यशिखर नगरपालिका तथा मालिकार्जुन, लेकम र नौगाड गाउँपालिकाका विभिन्न गाउमा यस वर्ष हिउदमा पाच करोड २० लाख रुपैया बढिको मह उत्पादन भएको कृषि ज्ञानकेन्द्र दार्चुलाले जनाएको छ ।

दार्चुलामा गत वर्षको तुलनामा यस वर्ष मह उत्पादनमा १२ प्रतिशतले वृद्धि भएको पनि कृषि ज्ञान केन्द्रले जनाएको छ । यस वर्ष हिउदमा वर्षा नभएका कारण मह उत्पादनमा बृद्धि भएको केन्द्रको भनाई छ ।

लेकम गाउ“पालिका वडा नम्बर २, धर्मघरका मौरिपालक नारायण जोशीले गत वर्षको तुलनामा यस वर्ष मौसम राम्रो भएको, पर्याप्त चरण क्षेत्र, आधुनिक मौरी घार र आधुनिक प्रविधिको प्रयोगका कारण मह उत्पादनमा वृद्धि भएको बताए ।

उनले गत वर्ष आफूले सवा एक क्वीन्टल मह उत्पादन गरेको र यस वर्ष अढाई क्वीन्टल मह उत्पादन भएको बताए ।

कृषि ज्ञान केन्द्र दार्चुलाका प्रमुख प्रकाश पन्तले पछिल्लो समय जिल्लामा मौरीपालनतर्फ किसानको चासो बढेको र व्यवसायिक रुपमा मौरीपालन भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार