११ श्रावण २०८१, शुक्रबार

सडकमा रंगरोगन



धनगढी । कैलालीको गोदावरी नगरपालिकाको अत्तरिया चोकदेखि पूर्वतिरको पूर्वपश्चिम राजमार्गकोे सडक रंगरोगन भइरहेको छ । यसअघि लेन छुट्टिने गरेर चौडा पारिएको सडकमा रंगरोगन गर्ने काम शुरु भएको छ ।

‘पाइलट सडक मर्मत योजना’ अन्तरगत सडकको सुरक्षाका लागि पेन्टिङ गर्न लागिएको सडक डिभिजन कार्यालय, महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर लक्ष्मणदत्त जोशीले बताए ।

उनले अत्तरिया चोकदेखि चिसापानी सम्मको सडकमा रंगरोगनको काम गरिने बताए । ‘पाईलट प्रोजेक्ट अन्तरगत हाल अत्तरियादेखि चौडा पारिएको सडकमा पेन्टिङ गरिदै छ’ उनले भने– पहिले रि–सिलिङको काम सकिएको ठाउ“मा पेन्टिङ गरिदै छ । बाकी ठाउ“मा पनि रि–सिलिङ गरेर अत्तरियादेखि चिसापानीसम्म पेन्टिङ गरिने छ ।

सडक डिभिजन कार्यालयले यसअघि अत्तरिया चोकदेखि एक किलोमिटर सडक चौडा गरेको थियो ।

उनले पाईलट प्रोजेक्ट अन्तरगत नियमित मर्मत, आकस्मिक काम, पटके मर्मत, रिसिलिङको काम, सडक सुरक्षाका काम गरिने बताए ।

सो प्रोजेक्टका लागि सडक डिभिजन कार्यालय महेन्द्रनगरले २०७५ फागुनमा तीन वर्षका लागि कालिका जोशी जेभीलाई ठेक्का दिएको थियो ।

चिसापानीदेखि अत्तरिया सम्मको सडक मर्मतका लागि १५ करोड ९० लाख रूपैया“मा ठेक्का सम्झौता गरिएको थियो ।

हाल अत्तरियादेखि चिसापानी सम्मको ७९ किलोमिटर सडक ‘पाइलट सडक मर्मत योजना’ अन्तर्गत मर्मत सम्भारको काम भइरहेको छ । पाईलट प्रोजेक्ट २०७८ फागुन ७ सम्म संचालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार