७ कार्तिक २०८१, बुधबार

आमनिर्वाचननै अबको विकल्प होः नेता महत



धनगढी । नेपाली कांग्रेसका नेता तथा सहमहामन्त्री प्रकाशशरण महतले देशलाई अन्यौलताबाट बाहिर ल्याउन आमनिर्वाचननै विकल्प रहेको बताएका छन ।

प्रेस युनियन कैलालीले सोमबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता महतले नेपाली कांग्रेसको मुल लक्ष्य आमनिर्वाचन रहेको बताए ।

नेता महतले भने ‘आफुहरुको मूल लक्ष्य आमनिर्वाचन भएपनि अबको अल्पकालीन अवस्थामा संसदको अंक गणितको अवस्था हेरेर अगाडि बढ्ने र अनुकुल अवस्था भए सरकारमा जान पनि तयार छौँ ।’

सभापति शेरबहादुर देउवाकै नेतृत्वमा चुनावी सरकार गठन हुने दाबी समेत गरे । ‘स्वाभाविक र प्राकृतिक रुपमा नेपाली कांग्रेसले सरकारको नेतृत्व लिनुपर्छ,’ महतले भने तर अस्वाभाविक र अप्राकृतिक शर्तहरु मानेर नेतृत्व लिनुको अर्थ छैन।’ कांग्रेस नीति र विधानको पक्षधर भएकाले संबिधान र कानुनअनुसार नै चल्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार