१० श्रावण २०८१, बिहीबार

एमालेको सुदूरपश्चिम इञ्चार्जमा दुई जना




धनगढी । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पछिल्लो निर्णयलाई चुनौति दिदै को वरिष्ठ नेता माधव नेपाल समूहले समानान्तर पार्टी संरचना बनाएको छ ।


एमाले पार्टी अध्यक्ष ओलीले एकतर्फी रुपमा शुक्रबार पार्टीका महासचिवबाहेक सबै पदाधिकारी पद खारेज गरेका थिए । लगत्तै शनिबार नेपाल पक्षले सो निर्णयलाई चुनौती दि“दै प्रदेश इन्चार्जहरु तोकेको छ ।


एमालेको नेपाल पक्षले सुदूरपश्चिम प्रदेशको इन्चार्जमा भीम बहादुर रावललाई जिम्मेवारी दिएको छ । त्यस्तै, अन्य सात प्रदेशमा पनि इन्चार्ज तोकेको छ । त्यस्तै, पार्टीका विभागीय प्रमुखहरु पनि तोकेको छ ।


पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले शुक्रबार आफू पक्षीय केन्द्रीय समितिबाट बरिष्ठ नेता नेपाल तथा नेता झलनाथ खनाल पक्षधर पदाधिकारीहरुको जिम्मेवारी खोसेको थियो ।
ओली पक्षले सुदूरपश्चिम प्रदेशको इन्चार्ज लेखराज भट्टलाई बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार