३ जेष्ठ २०८१, बिहीबार

जेष्ठ नागरिकलाई उपचारमा ५० प्रतिशत छुट



धनगढी । सुदूरपश्चिम प्रदेशका दुई अस्पतालमा ६० वर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई उपचार तथा स्वास्थ्य सेवामा ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ ।

धनगढीमा रहेको सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालमा ६० वर्ष माथिका ज्येष्ठ नागरिकलाई उपचार तथा स्वास्थ्य सेवामा ५० प्रतिशत छुट गर्ने व्यवस्था मिलाइएको छ ।

संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको जेरियाट्रिक (ज्येष्ठ नागरिक) स्वास्थ्य सेवा सञ्चालन निर्देशका, २०७७ ले ज्येष्ठ नागरिकलाई अस्पताल व्यवस्थापनबाट तोकिए बमोजिमका निश्चित सेवामा ५० प्रतिशत छुट दिनुपर्ने व्यवस्था गरिएको छ ।

अस्पतालले उपलब्ध गराएको वार्ड वा शैय्याको प्रयोग नगरी प्राइभेट वार्ड वा क्याबिनमा बसी उपचार गराउ“दा लागेको खर्चमा भने कुनै छुट सुविधा नहुने जनाएको छ ।

सरकारले आर्थिक वर्ष २०७७÷७८ सम्म जेरियाट्रिक ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सात वटै प्रदेशमा गरी २४ वटा अस्पतालहरुमा यो सेवा सुरु भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार