१० श्रावण २०८१, बिहीबार

“हजुरबा” बाट बलात्कृत बालिकाको न्यायका लागि आन्दोलन



धनगढी । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ५ का एक १३ वर्षीया बालिका चार महिनाअघि बलात्कृत भइन् । ती बालिको कोखमा अहिले चार महिना बढिको गर्भ छ । उनी नाताले हजुरबा पर्ने “अधम” बाटै बलात्कृत भएको बताइएको छ ।

पीडित बालिका सुस्त मनस्थितिकी छिन् । उनका अनुसार– नाताका हजुरबाले उनलाई ब्ल्यु फिल्म देखाएर बलात्कार गरेको थियो । उनले भनिन्– उनले मलाई फिल्म हेर्न भनेर बोलाए । त्यहा नराम्रो फिल्म देखाउनुभो । पछि झ्याल, ढोका बन्द गरेर ममाथि जबर्जस्ती गर्नुभयो । म कराएँ, तर छोड्नु भएन ।

पीडित बालिकाका अनुसार पीडक हजुरबाले उनलाई घरमा कसैलाई जानकारी दिए मार्ने धम्की दिएको थियो । उनले भनिन्– उनले मलाई घटनाबारे ‘कसैलाई भने मार्छु’ भनेर धम्क्याए । मैले डरले कसैलाई पनि भनिन ।

पीडित बालिकाका परिवारजनले घटनाको डेढ महिनापछि मात्रै घटनाबारे थाहा पाएका थिए । गत कार्तिक ५ गते सो घटना भएको बताइन्छ । पीडित बालिकाका आमाले भनिन्– छोरीले पेट धेरै दुख्न थाल्यो भनेपछि चेकजाँच गराउन स्वास्थ्य चौकी गयौं । त्यतिवेला छोरीको महिनावारी पनि रोकिएको थियो ।

गत माघ ९ गते उनका अभिभावकले छोरी बलात्कृत भएको थाहा पाए । स्वास्थ्य चौकीमा चेकजाँचका क्रममा बालिका गर्भवति रहेको खुलेको थियो । पीडित बालिकाकी आमाले भनिन्– छोरीसंग सोधपुछ गरेपछि बल्ल उनले आफू बलात्कृत भएको बताइन् । अनि त्यही बेला हामीले प्रहरीमा उजुरी दियौं ।

अभिभावकको उजुरीका आधारमा प्रहरीले सोही दिन गोदावरी नगरपालिका वडा नम्बर ५ कै ५० वर्षीय कालुराम चौधरीलाई पक्राउ गर्‍यो ।

पीडित बालिकाका अभिभावकहरुका अनुसार अभियुक्तलाई पक्राउ गरे पनि कानूनी कारबाही अघि बढाइएन । बालिकाका बुबाले भने– हामीलाई घटनाबारेको उजुरी फिर्ता लिन निरन्तर दबाव आइरहेको छ । ठूलो रकमको प्रलोभन दिइरहेका छन् ।

बालिकाका बुबाले भने– हामीलाई घटनाबारेको उजुरी फिर्ता लिन निरन्तर दबाव आइरहेको छ । ठूलो रकमको प्रलोभन दिइरहेका छन् । कहिले १२ लाख रुपैयाँ दिन्छु भन्छन् कहिले २२ लाख दिन्छु भन्छन् । हामी रकम लिएर घटना मिलाउन चाहन्न ।

पीडित बालिकाका बुबाका अनुसार आफू र आफ्नो परिवारमाथि पटक–पटक आक्रमण भएको थियो । उनले भने– हामीले प्रहरी चौकीमा ज्यानको सुरक्षा दिलाई पाउँ भनेर निवेदन दिएका छौं । छोरीले न्याय पाउन ढिलाई भएका कारण नै मेरो परिवारमाथि ज्यानको खतरा बढेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीले बालिका बलात्कारको विषयमा अनुसन्धान गरेर कैलाली जिल्ला अदालतमा मुद्दा दायर भइसकेको जनाएको छ ।

‘हामीले घटनाबारे २५ दिनभित्र सबै अनुसन्धान पुरा गरेर अदालत पेस गरिसकेका छौ“’ कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हिक्मत थापाले भने– अब यो मुद्दा सम्मानित अदालतमा विचाराधीन रहेको छ ।

न्यायको लागि आन्दोलन

यसैबीच, पीडित बालिकाको न्यायको माग गर्दै उनका परिवारजन, आफन्त तथा स्थानीयले शनिबार सडक अवरुद्ध गरेका छन् । उनीहरूले मोहना–अत्तरिया सडक खण्डमा शनिबार एक घण्टा यातायात अवरुद्ध गरे ।

पीडित बालिकाका बुबाले भने– दोषीको नाम किटान भइसकेको छ, तर अहिलेसम्म कारबाही भएको छैन । न्याय पाउन ढिलाइ भएकोले कतै हामीमाथि अन्याय हुन्छ कि भन्ने डर लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार