१४ बैशाख २०८१, शुक्रबार

विकास योजना छनोटबारे जानकार नभएपछि…



डडेल्धुरा । समाजका सर्वसाधारण सहितका अगुवाहरु नै योजना छनौटका विषयमा कम जानकार भएपछि मागमा आधारित योजनाहरुमा रकम विनियोजन हुन नसकेको भेटिएका छ ।

डडेल्धुराका स्थानीय तहमा योजना तर्जुमा बैठक तथा वस्ति, वडा भेला प्रभावकारीरुपमा सञ्चालन हुन नपाउदा नागरिकका प्राथमिकिकरणका योजना, बजेट तथा कार्यक्रम समेटिएका छैनन् ।

ग्रामीण क्षेत्रमा सूचना नै नपुग्दा आफूहरु योजना माग गर्न पछाडि परेको अमरगढी नगरपालिका–१ दुधका“डेका स्थानीय लक्ष्मी ऐरले बताए ।

वडा कार्यालयले संचालन गर्ने वस्ति तथा वडा भेलामा आफूहरुलाई जानकारी नै नहुने अमरगढी नगरपालिका – २ स्थित कैलपाल ताजा तरकारी महिला समुहका अध्यक्ष महेश्वरी सार्की बताए । हरेका वर्ष एउटै शिर्षकमा बजेट विनियोजन हुने गरको भन्दै अध्यक्ष सार्कीले महिला र दलितको क्षेत्रमा न्युन बजेट रहेको गुनासो गरे ।

वडा कार्यालयले सञ्चालन गर्ने योजना तर्जुमा भेलामा नागरिकहरुको सहभागितामा पुरुष सहभागी न्युन रहने गरेको अमरगढी नगरपालिका –१० का वडाअध्यक्ष विष्णुराज भट्टले बताए । उनका अनुसार नागरिक अगुवा तथा सर्वसाधारणहरु वस्ति तथा वडा स्तरको योजना तर्जुमा बैठकहरुमा महिला सहभागिता गत विगत भन्दा बढ्दै गएको पाइएको छ ।

योजना छनौटमा समाजसेवी, अगुवा नागरिकहरुको उपस्थित कम हु“दा वास्तविक योजनाहरु छनौट हुनबाट छुट्ने गरेको वडाअध्यक्ष भट्टले बताए ।

अमरगढी नगरपालिका डडेल्धुराका उपप्रमुख संगीता भण्डारीले उपभोक्ताले वास्तविक योजनाको माग होस भन्ने हेतुले हरेक वर्ष बैशाख दोस्रो सातादेखि वस्ति स्तरमा वस्तिभेला गर्ने गरेको बताए ।

उनले भने, ‘यो वर्ष वस्ति तथा वडा भेला सञ्चालन हुनु अगावै सम्पूर्ण वस्तिमा योजना तर्जुमा सम्बन्धि जानकारी दिन वस्तिवस्तिमा योजना छनौटका चरणबारे अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने तयारी गरेका छौ ।’

आवश्यकताका आधारमा योजना माग हु“दैनन् व्यक्तिवादी र राजनितिक आडमा योजना छनौट हुने गरेको गुनासो आउन थालेपछि नगरपालिकाले उपभोक्ताको सहभागितामा योजना छनौटका चरणबारे जानकारी दिन अभियानका रुपमा कार्यक्रम सञ्चालन गर्ने तयारी रहेको उपप्रमुख भण्डारीले बताए ।

वस्ति तथा वडाबाट प्राथमिकिकरण गरेर छनौट भएर आएका योजनाहरुलाई नै मान्यता दिदै मागमा आधारित योजनाहरुमा बजेट विनियोजन गर्ने गरेको नवदुर्गा गाउ“पालिकाका अध्यक्ष कविन्द्र विष्टले बताए ।

अध्यक्ष विष्ट भने, ‘गत वर्षको योजना कार्यान्वयन मूल्यांकनका आधारमा आगामी वर्षका योजनालाई प्राथमिकता दिने गरेका छौ ।’ योजना अनुगमन र कार्यान्वयनका विषयमा विषेश अधिकार उपाध्यक्षलाई दिएको समेत उनले बताए ।

अजयमेरु गउ“पालिका डडेल्धुराका अध्यक्ष उमेश भट्ट भने, ‘हामीले जनताका आवश्यकता र मागका आधारमा योजना छनौट गर्दै आएका छौ, चुनावी एजेन्डा अनुसार जनताका भावनाको कदर गर्दै समग्र पालिकाको विकासका लागि सडक, कृषि, खानेपानी र स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखेका छौ ।’
स्थानीय जनप्रतिनिधि आएको चार वर्ष बितिसक्दा पनि उपभोक्ताका योजना र मागहरु प्रमुख प्राथमिकतामा नपरेको सर्वसाधारणहरुको गुनासो रहने गरेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार