३ जेष्ठ २०८१, बिहीबार

५० वर्षपछि सडक पुरा हुदै



अछाम । अछामको मंगलसेन–जंगलघाट–चिसापानी सडक खण्डको जंगलघाटमा ५० वर्षपछि सरकारले पुल निर्माण गरिदिने भएपछि छोटो दूरीमा तराईसंग पहाड जोडिने भएको छ ।

अछाम र सुर्खेतबीच जंगलघाटस्थित कर्णाली नदीमाथि मोटरेवल पुल निर्माण प्रक्रिया शुरु भएसँगै फाष्ट ट्रयाक सडकले ५० वर्षपछि पूर्णता पाउने छ ।

अछाम र सुर्खेतवीच जंगलघाटमा कर्णाली नदीमाथि मोटरेवल पुल निर्माण प्रक्रिया सडक विभागको पुल महाशाखाले अघि बढाएको छ । पुलको ठेक्का दिने प्रक्रियामा रहेकोले सम्झौताको तीन वर्षभित्र मोटरेवल पुल निर्माण गरिसक्नुपर्ने महाशाखाका इन्जिनियर बिमल बस्नेतले जानकारी दिए ।

जंगलघाटमा पुल निर्माणका लागि दुई ठाउ“मा सर्वे भइसकेको र ठेक्काको काम अघि बढेको सुर्खेतको पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र थापाको भनाइ छ ।

अछाम खण्डमा यसअघि नै सडक निर्माण भइसकेको भए पनि सुर्खेतमा एक हजार ५०० मिटर सडक काट्ने काम भइरहेको छ । अछाम सदरमुकाम मंगलसेनबाट करिब १२० किलोमिटरमा कैलालीको चिसापानी पुग्न सकिने छ । हाल मंगलसेनबाट ३१० किलोमिटर जोखिमपूर्ण सडकबाट धनगढी पुग्नुपर्ने बाध्यताको अन्त्य हुनेछ ।

वि.सं. २०४७ सालमा बर्दियाको राजापुरमा आफू अध्ययनमा जाने क्रममा सडक निर्माण भइरहेको देखेपनि त्यसपछिका सरकारले ध्यान नदिँदा सडक जोडिन दशकौ समय लागेको अछाम बहुमुखी क्याम्पसका प्रमुख छत्रबहादुर विष्टको भनाइ छ । जंगलघाटमा पुल निर्माणपछि तराई र पहाड सजिलैसँग जोडिएर नागरिकको आर्थिक, सामाजिक र साँस्कृतिक सम्बन्ध समेत जोडिने क्याम्पस प्रमुख विष्टको भनाइ छ । “तराईस“गको सहज पहु“चले कृषि, सीप, सेवा र उत्पादन आदानप्रदानले आर्थिक वृद्धिले गति लिनेछ ।” प्रमुख विष्टको भनाइ छ ।

हरेक गाउ“का महिला पुरुषले श्रमदानबाट चिसापानीबाट सडक खन्दै २०२४ सालमा तत्कालिन जिल्ला सभापति हरिप्रसाद भण्डारीको नेतृत्वमा मंगलसेनमा मोटर पुगाइएको थियो । सरकारले २०२८ बाट ट्याक्टर सडककोरुपमा निर्माण शुरु गरे पनि सरकारी र राजनीतिक वेवास्ताका कारण सो सडक तराईस“ग जोडिन नसकेको स्थानीयवासीको बुझाइ छ ।

“उहिल्यै बन्नुपर्ने बाटो हो तर अहिले जंगलघाटमा पुल बन्ने भएपछि खुसीको खबर हो । चा“डै बन्यो भने तराई पुग्न निकै सजिलो हुनेभयो” जिविस अछामका पूर्वउपसभापति तेजबहादुर विष्टको भनाई छ ।

जंगलघाटमा पुल निर्माणसँगै छोटो सडक यात्रा हुनेभएपछि यस क्षेत्रका बासिन्दामा निकै उत्साह आएको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशको समृद्धिको रुपमा रहेको चिसापानी–जंगलघाट–मंगलसेन सडकलाई वर्तमान सरकारले प्राथमिकता राखेर काम अघि बढाएको अछाम–२ का प्रतिनिधिसभा सदस्य यज्ञबहादुर बोगटीको भनाइ छ ।

छोटो दूरीको सो सडकको पुल तोकिएकै समयमा निर्माण हुन सकेमा अछामसहित बाजुरा, डोटी र कर्णालीका दैलेख, कालिकोट र जुम्ला, हुम्ला, मुगुसम्म समेत सहज सडक बन्ने बताइएको छ । दुई प्रदेशसँगै तराईमा भारत र पहाडमा चीनलाई जोड्न सकिने सो सडक रणनीतिक सडक पनि हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार