१० श्रावण २०८१, बिहीबार

कञ्चनपुरमा लागुऔषध सहित दुइ जना पक्राउ



कञ्चनपुर । कञ्चनपुरमा लागुऔषध सहित दुइ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको शुल्लाफाँटा नगरपालिका १० झलारी बस्ने २१ बर्षीय प्रकाश ठगुन्ना र वडा नम्बर ७ बस्ने २३ बर्षीय राम चन्द्र भाट रहेका छन्।

उनीहरुको साथबाट प्रेगास्टर–ट्याव्लेट–१४, कफट्याब–डि ट्याबलेट–८७, नाइट्रोभेट–ट्याबलेट– १०, खैरो धुलो पदार्थ–२.०२ग्राम, चरेश जस्तो देखिने कालो पदार्थ ३.५ आना बरामद गरिएको प्रहरीले जनाएको छ।

उनीहरुलाई जिल्लाको लालझाडी गाउँपालिका ६ चानदेवमा नम्बर ७ म.१ प.५८९६ नम्बरको होण्डा साईन मोटरसाइकल रोकी चेकजाच गर्ने क्रममा लागुऔषध सहित प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार