१० श्रावण २०८१, बिहीबार

बृहत धर्मशाला कार्यक्रम हुदै



धनगढी । विश्व हिन्दु युवा संघले आज (बिहिबार) वृहत धर्मशाला कार्यक्रम गर्दै छ । संघले कैलालीको गोदावरीधाममा सो धर्मशाला गर्न लागेको बुधबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो ।

संघको प्रदेश संयोजक सम्राट सिंहले देशलाई हिन्दुराष्ट्र कायम गर्न धर्मशाला गरिन लागेको बताए । उनले भने– ९४ प्रतिशत हिन्दु भएको राष्ट्रमा राजनीतिक दलको स्वार्थका कारण धर्मनिरपक्षेता कायम गरिएको हो ।

उनले राष्ट्र र धर्मका बारेमा साझा धारणा बनाउन युवा संघ लागि रहेको बताए । उनले अत्तरिया चौकदेखि गोदावरीधामसम्म प्रदेशको संस्कृति, नाचगान झल्कने गरि र्याली गरिने बताए ।

र्यालीेपछि आयोजना हुने सभामा विश्व हिन्दु महासंघका केन्द्रिय अध्यक्ष डाक्टर रामचन्द्र अधिकारीसहित विभिन्न व्यक्तिहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको बताए ।

उनले यसअघि कञ्चनपुरमा पनि धर्मशाला कार्यक्रम गरिएको बताए । उनले कैलालीमा हुन लागेको धर्मशालामा हजारौं व्यक्तिको सहभागिता गराइने बताए । उनले भने– यो विशुद्ध हिन्दुत्वको धारणा बोकेको संगठन हो । यसमा जुनसुकै पार्टीमा आस्थावान भएपनि स्वतन्त्र रुपमा सहभागि हुन पाउने छन् ।

पत्रकार सम्मेलनमा विश्व हिन्दू संघका केन्द्रिय अध्यक्ष ऋषिजंग शाहले राजनीतिभन्दा माथि हिन्दु धर्म हुनुपर्ने बताए । उनले भने– ‘राष्ट्रलाई सञ्चालन गर्न राजनीति आवश्यक पर्छ तर, राजनीतिभन्दा पनि ठुलो धर्म हुनुपर्छ । नेपालमा हिन्दु धर्म कायम गरिनुपर्छ ।

उनले आफुहरूले हिन्दु राष्ट्रका लागि विभिन्न दबाबमुलक कार्यक्रम गरिरहेको बताए । उनले भने– अहिले विदेशीको इशारामा चलेर राजनीतिक दलहरूले धर्म निरपक्षेता कायम गरे ।

पत्रकार सम्मेलनमा संघका केन्द्रिय सदस्य रमेश कुँवर, बैतडी संयोजक लक्ष्मण भण्डारी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार