४ आश्विन २०७८, सोमबार

बैतडीमा कोठामा निस्सासिएर एक जनाको मृत्यु



बैतडी । बैतडीमा कोठामा निस्सासिएर एकजनाको मृत्यु भएको छ । कोठाभित्र हिटर बालेर सुतेका दुईजना मध्ये एक जनाको निस्सासिएर मृत्यु भएको हो । एक जनालाई अचेत अवस्थामा उद्धार गरिएको छ ।

मृत्यु हुनेमा शिवनाथ गाउँपालिका ३ पुडिलका ३५ वर्षीय राजसिंह साउँद रहेका छन् । राजसिंहकी भतिजी २० वर्षीया सरिता साउँदलाई अचेत अवस्थामा उद्धर गरिएको छ ।

राजसिंहले हिजो धनगढीबाट कुखुराका चल्ला ल्याएको र खोर बन्न बाँकी रहेकोले कोठाभित्रै रोखका थिए ।

चल्लालाई चिसो हुन्छ भनेर कोठामा हिटर बालेर सुत्दा उनको निस्सासिएर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।

अचेत अवस्थामा भेटिएकी सरितालाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्