२ जेष्ठ २०८१, बुधबार

पुरुषको सहयोग भए महिला नेतृत्वमा पुग्छन : उपप्रमुख मिश्र (भिडियो सहित)




धनगढी / धनगढी उपमहानगरपालिकाका उपप्रमुख शुशिला मिश्रले घरायसी काममा पुरुषको सहभागिता बढे महिलाहरु नेतृत्वमा पुग्ने बताएकी छन् ।


मंगलबार धनगढीमा फाया नेपालद्धारा आयोजित लैङ्गिक भूमिका तथा स्याहार कार्य र महामारी कोभिड १९ विषयक अन्तरक्रियामा उपमेयर मिश्रले पुरुषको सहयोग भए महिलाहरुले आयआर्जनका काम पनि गर्न सक्ने बताइन ।

उनले धनगढी नगरमा महिला वडाअध्यक्ष र अपांग क्षेत्रको प्रतिनिधित्व हुन नसकेको बताउदै आगामी दिनमा दलहरुले ती क्षेत्रको प्रतिनिधित्व गराउन ध्यान दिनु पर्ने पनि बताइन ।

सो अवसरमा धनगढीका विभिन्न वडाका वडाअध्यक्षहरुले अझै महिला लक्षित कार्यक्रम आवश्यक भएको बताएका थिए । वडा नम्बर १४ का अध्यक्ष रामबजारी चौधरीले सोचे जस्तो नभए पनि महिलाहरु विस्तारै अगाडि बढाइरहेको चर्चा गरे ।

कार्यक्रममा महिला जनप्रतिनिधि र स्वयम्सेविकाहरुले विस्तारै महिलाको कार्यबोझ कम गर्न पुरुषहरुको पनि सहयोग हुन थालेको चर्चा गरेका थिए ।

स्वयम्सेविका देवी चौधरीले कोभिडपछि फाया गाउँगाउँ गएर सिकाएपछि अहिले हात धोएर खाने प्रचलन बढेको बताइन ।

सो अवसरमा फायाका लालबहादुर महराले लैङ्गिक भूमिका तथा स्याहार कार्य र महामारी कोभिड १९ बारे प्रस्तुती गरेका थिए । भने कार्यकारी निर्देशक धर्मराज पाठकले फायाले लैङ्गिक भूमिका तथा स्याहार कार्य र महामारी कोभिड १९ बारे चलाएको स्वच्छताका लागि व्यवहार परिवर्तन परियोजना कार्यक्रम बारे जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार