१३ बैशाख २०८१, बिहीबार

दुई स्थानीय तहद्वारा खुला सरकार घोषणा



धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालिकाले शनिवार एक कार्यक्रमबीच आफुलाई खुला सरकार घोषणा गरेका छन्् ।

अन्तर्राष्ट्रिय खुला तथ्याङ्क दिवसको अवसर पारेर धनगढी उपमहानगरपालिका र कैलारी गाउ“पालिकाले खुला सरकार घोषणा गरेका हुन ।

धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड र कैलारी गाउ“पालिकाका अध्यक्ष लाजुराम चौधरीले खुला सरकार घोषणा पत्रमा हस्ताक्षर गरेर नागरिक अन्तर संवाद कार्यक्रममा सार्वजनिक गरेका हुन । घोषणापत्रको धारा १ मा खुला सरकारको अवधारणा अवलम्वन गर्ने कुरा, धारा २ मा खुला सरकारका लागि आवश्य पूर्वाधार निर्माण गर्ने, धारा ३ मा सूचना तथा आँकडाहरू प्रवाह गर्ने प्रतिवद्धता ब्यक्त गरिएको छ ।

धनगढी उपमहानगरपालिकाको आईएमएस धनगढी, डाटा पोर्टल, ई सिफारिस, वेइभ साईटहरू, म्यासेजिङ सिस्टम र सूचनाको स्वस्फूर्त प्रकाशन जस्ता कुरा खुला सरकार निर्माणमा सहयोग पु¥याउनका लागि संचालन गरिएको नगर प्रमुख नृप बहादुर वडले बताए ।

कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले खुला सरकार निर्माणका लागि पालना गर्नुपर्ने सबै सर्त पालना गरिएको बताए । खुला सरकारका लागि सरकार नागरिक सहभागिता, पारदर्शिता र उत्तरदायी हुनुपर्छ त्यो कुरामा हामी सधै प्रतिवद्ध छौं ।

अन्तराष्ट्रिय तथ्याङ्क दिवसको अवसरमा सुशासन परियोजना अन्तरगत धनगढी उप–महानगरपालिका र ग्राम विकास केन्द्रले कैलाली जनपुस्तकालयमा सामुदायीक सूचना केन्द्रको स्थापना गरेका छन्् । सामुदायीक सूचना केन्द्रको नगर प्रमुख वडले उद्घाटन गरेका छन्् । सोही अवसरमा नागरिक अन्तर संवाद पनि संचालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार