८ बैशाख २०८१, शनिबार

आलोक मल्टी कन्सर्नको आगलागीको कारण पत्ता लागेन




धनगढी /
धनगढी उपमहानगरपालिकाको वडा नम्बर ४ चटकपुरमा रहेको आलोक मल्टी कन्सर्न प्रालि उद्घाटन हुन नपाउँदै खरानी भएको छ ।

लामो समयसम्म डडेल्धुरामा व्यवसाय गरेका भोजराज भट्ट र पदम भण्डारीले धनगढीमा आठ करोड रुपैयाको लगानीमा आलोक मल्टी कन्सर्न उद्योग सञ्चालनमा ल्याउने तयारीमा थिए ।


आगलागीका कारण आठ करोड रुपैया लगानी तथा परिश्रम स्वाहा भएको छ ।

हाउस डेकुरेशनसंगै कन्सल्टेन्सी सेवा उपलब्ध गराउने उद्दे्रश्य सहित सो कम्पनी सञ्चालनको तयारी भएको थियो ।


प्रहरीले सो कम्पनीमा आगलागी हुनुको कारण अझैं खुल्न नसकेकोे प्रहरीले जनाएको छ । कम्पनीमा दिउँसो १२ बजे शुरु भएको आगलागी करिब तीन घण्टापछि नियन्त्रणमा लिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार