८ बैशाख २०८१, शनिबार

Breaking News भिषण आगलागी, जोगियो धनगढी




धनगढी / धनगढीको चटकपुरमा रहेको नेपाल आयल निगमको ठिक पूर्वतिर रहेको फर्निचर उद्योगमा भिषण आगलागी भएको छ । आगलागी दिउँसो २ बजेसम्म नियन्त्रणमा आउन सकेको छैन ।

धनगढी उपमहानगरपालिकाको वडा नम्बर ४ चटकपुरमा रहेको आलोक मल्टी कन्सर्न प्रालिको फर्निचर उद्योगमा आगलागी भएको हो। धनगढी अत्तरिया सडकको पूर्वतिर रहेको सो फर्निचर उद्योगबाट ५० मिटरको दूरीमा नेपाल आयल निगमको डिपो रहेको छ ।

संयोगले हावा नचल्दा आगोको लप्का आयल निगमसम्म पुग्न पाएन । हावा चलेको भए आयल निगमको डिपोमा भण्डारण गरेको पेटोलियम पद्धार्थ समेत आगो लाग्न सक्थ्यो स्थानीहरुले बताएका छन् । त्यस्तो भएको भए धनगढीका केही भाग ध्वस्त हुन सक्थे ।

डडेल्धुराका भोजराज भट्ट र पदम भण्डारीले आठ करोडको लगानीमा शुरु गरेको सो फर्निचर उद्योगमा समयमै दमकल आउन नसक्दा अझै आगलागी नियन्त्रणमा आएको छैन ।

दिउँसो १२ बजे आगलागी भए पनि दमकलमा पानी नहुँदा १ बजेतिर मात्र दमकल पानी भरेर आगो नियन्त्रणमा आएका छन् । नजिकै रहेको आयल निगममको दमकल पनि १ बजे मात्र आएको छ ।

सो उद्योगका केही सामाग्री मात्र जोगिएका छन् । ती सामाग्री पनि सडकमा ल्याएर राखिएको छ । आगलागीका कारण धनगढी अत्तरियाको यातायात सेवा पनि अवरुद्ध छ ।

हालै मात्र निर्माण भएको सो फर्निचर उद्योग औपचारिकरुपमा सञ्चालनमा आएको थिएन । आगलागीको कारण अझै पत्ता लागेको छैन ।

https://www.facebook.com/1638615646/videos/10223232020342335/

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार