१० श्रावण २०८१, बिहीबार

नगर प्रमुख वडद्वारा तेजु स्मृति कोषमा आर्थिक सहयोग



प्रमुख, धनगढी उपमहानगरपालिका

धनगढी । धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले नेपाल प्रेस युनियन डोटीले स्थापना गरेको ‘तेजु स्मृति अक्षय कोष’ मा आर्थिक सहयोगको घोषणा गरेका छन्् ।

नगर प्रमुख वडले आफ्नो जन्मदिनको अवसरमा शुक्रबार ११ हजार एक सय ११ रुपैंया अक्षय कोषमा सहयोगको घोषणा गरे ।

नेपाल प्रेस युनियन डोटी शाखाका संस्थापक अध्यक्ष स्वर्गीय तेजबहादुर खड्का (तेजु) को स्मृतिमा युनियनको डोटी शाखाले अक्षय कोषको स्थापना गरेको छ ।

सो अक्षय कोषमा सुदूरपश्चिम प्रदेशका पत्रकार, समाजसेवी, अधिकारकर्मी तथा राजनीतिकर्मीहरूले आआफ्नो जन्मोत्सवका अबसरमा आर्थिक सहयोग प्रदान गरिरहेको युनियनले जनाएको छ ।

नेपाल प्रेस युुनियन डोटीका सचिव पवन महराले हालसम्म तेजु स्मृति अक्षय कोषमा डेढ लाख रुपैयाँ बढी रकम संकलन भइसकेको र थुपै्र व्यक्तिहरूबाट सहयोगको घोषणा भइसकेको बताए ।

प्रेस युनियनले स्वर्गिय पत्रकार खड्काको स्मृतीमा अक्षयकोष स्थापना गरी सो कोषबाट राष्ट्रिय पत्रकारिता पुरस्कारको स्थापना गर्ने लक्ष्य लिएको छ । युनियनका डोटी शाखा अध्यक्ष प्रकाश बलमे अक्षय कोषमा सहयोगका लागि शाखाले सार्वजनिक रुपमा आह्वान गरेको बताए ।

पत्रकार खड्का बाजुराको बुढीनन्दा धार्मिक तथा पर्यटकीय स्थलको रिपोर्टिङ गरेर फर्किने क्रममा बेपत्ता भएका थिए । बेपत्ता भएका खड्काको तीनबर्षपछि मात्रै कंकाल भेटिएको थियो । जसको डिएनए र घटना स्थलमा भेटिएका सामग्रीको आधारमा उनको मृत्यु भएको पुष्टि भएको थियो ।

स्वर्गिय पत्रकार खड्का लामो समय रेडियो नेपाल क्षेत्रीय प्रशारण केन्द्र दिपायलमा कार्यरत थिए । उनि लोकप्रिय कार्यक्रम प्रस्तोता थिए । पछिल्लो समय उनि बाजुरामा रहेको रेडियो बुढीनन्दा एफएममा कार्यरत थिए । स्वर्गिय पत्रकार खड्कालाई अमर राख्ने शाखाको अभियानलाई सहयोग गरेकोमा धनगढी उप– महानगर पालिकाका मेयर वडलाई अध्यक्ष बमले धन्यबाद सहित जन्मदिनको शुभकामना दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार