१२ बैशाख २०८१, बुधबार

विप्लब नेकपाका नेता पुन रिहा



धनगढी । विप्लव नेतृत्वको नेकपाका सेती महाकाली इञ्चार्ज ओमप्रकाश पुन जिल्ला अदालत कैलालीबाट रिहा भएका छन् ।

जिल्ला कारागार कैलालीबाट जिल्ला अदालत ल्याएर पुन र अर्का केन्द्रिय सदस्य विवेक कुमाललाई शुक्रबार दिउँसो रिहा गरिएको हो । नेपाल सरकार र विप्लब नेतृत्वको नेकपाबीच तीन बुँदे सहमति भएपछि उनीहरुलाई रिहा गरिएको अदालतले जनाएको छ ।

हिरा भएपछि पुन र कुमाललाई नेकपा कार्यकर्ताहरुले खादा र अविरले स्वागत गरेका थिए ।

रिहा भएपछि जिल्ला अदालत परिसरमा पत्रकारहरुसँग कुरा गर्दै नेता पुनले तत्काल सरकारमा नजाने बताए । उनले संसदिय यही ब्यबस्थाबाट देश पार नलाग्ने बताउँदै उनले् नयाँ संविधान बनाएर नयाँ ब्यबस्थान ल्याउनु पर्ने बताए ।

उनले आवश्यक परेमा जनमत संग्रहमा समेत जान सकिने गरी छलफल भइरहेको बताए । उनले संसदीय ब्यबस्था बदल्नको लागि सडक आन्दोलन गर्ने समेत बताए ।

नेपाल सरकार र विप्लब नेतृत्वको नेकपाबीच भएकाे तीन बुँदे सहमति पत्रमा भरखरै हस्ताक्षर भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार