६ बैशाख २०८१, बिहीबार

ओलीसंग पार्टी एकता हुँदैन : नेता पुन




धनगढी / नेपाल कम्यूनिष्ट पार्टी (विप्लव) का केन्द्रीय सदस्य ओमप्रकाश पुन प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टीसंग पार्टी एकता नहुने बताएका छन् ।

कैलाली जिल्ला अदालतबाट रिहा हुने क्रममा प्रतिक्रिया दिदै उनले शान्तिपूर्णरुपमा अहिलेको संविधान खारेज गरेर, सर्वपक्षिय सरकार बनाउन भने पहल हुने बताए ।

उनले भने अव उस्तै परे जनमत संग्रह गरेर भए पनि बैज्ञानिक समाजबाद ल्याउन ल्याइने बताए । उनले अहिलेको संविधान पूर्णत असफल भएको बताए ।

सरकारले विप्लव पक्षलाई प्रतिवन्ध लगाएपछि झण्डै एक वर्ष अघि हातहतियार खरखजना सम्वन्धी मुद्धा लगाएर पक्राउ गरेको थियो ।

नेता पुन र सोही पार्टीका विवेक कुमाल ५०/ ५० हजार रुपियाँ धरौटीमा रिहा भएका हुन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार