११ बैशाख २०८१, मंगलवार

बजेटको रातो किताब छलेर योजना



धनगढी । डोटीको जोरायल गाउँपालिका वडा नम्बर ३ स्थित कोला सिंचाई योजनामा चालू आर्थिक वर्ष २०७७÷०७८ मा २० लाख रुपैयाँ विनियोजन भएको छ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको निर्वाचन क्षेत्रमा रहेको यो सिंचाई आयोजनामा सो रकम विनियोजन भएको छ ।

आर्थिक वर्ष २०७७÷७८ मा सम्भाव्यताको आधारमा कार्यान्वयन गर्न उपयूक्त देखिएको भन्दै उनले आफनै निर्वाचन क्षेत्रमा पुँजिगततर्फ वार्षिक कार्यक्रम थप गरेका छन्् ।
डोटीकै जोरायल गाउँपालिका वडा नम्बर १ स्थित काफल्ड सि“चाई योजनामा पनि २० लाखको रकम विनियोजन गरेका छन् ।

सामान्यतयाः प्रदेशको रातो किताव (बजेट) मा उल्लेख भएर मात्रै कुनै पनि योजना पछि कार्यान्वयनमा जाने गर्दछन् ।

चालू आर्थिक वर्ष २०७७÷७८ को बजेट, नीति तथा कार्यक्रम सुदूरपश्चिम प्रदेश सभाबाट पारित भइसकेको छ । मुख्यमन्त्री भट्टले गत पुस महिनादेखि प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको समेत जिम्मेवारी बहन गरिरहेका छन् । मुख्यमन्त्रीले सम्हालेको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट अहिले डोटी जिल्लामा १६ वटा योजना थप गरि बजेट विनियोजन गरिएको छ ।

थप गरिएका १६ वटा योजनामध्ये मुख्यमन्त्री भट्टको निर्वाचन क्षेत्रमा १३ वटा योजना थप गरिएका छन् भने प्रदेश सभा सदस्य भरतबहादुर खड्काको निर्वाचन क्षेत्रमा तीन वटा योजना थप गरिएका छन् ।

मुख्यमन्त्री भट्टको निर्वाचन क्षेत्र अन्तर्गत जोरायल गाउँपालिकामा सिंचाईका तीन योजना तथा तटबन्धका दुई वटा योजनामा रकम विनियोजन गरिएको छ ।

जोरायल गाउँपालिका वडा नम्बर ४ मिल्खेत तटबन्ध निर्माण योजनामा १० लाख रुपैया“, वडा नम्बर ५ अठभारी सिंचाई योजनामा २० लाख रुपैयाँ र वडा नम्बर २ विछन्न तटबन्ध निर्माण योजनामा १० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

त्यस्तै प्रदेश सभा सदस्य खड्काको निर्वाचन क्षेत्र अन्तर्गत पूर्वीचौकी गाउँपालिका वडा नम्बर ४ छोलेगाड स्यानाखोला तटबन्ध निर्माण योजनामा २० लाख रुपैयाँ, केआईसिंह गाउँपालिका वडा नम्बर १ मकरकाडा सिंचाई योजनामा ३० लाख र वडा नम्बर १ भेरिगाड सिंचाई कुलोमा छ लाख रुपैया“ विनियोजना गरिएको छ ।

रातो किताबमा उल्लेख नै नभएका ती योजनाहरूमा दुई करोड सात लाख रुपैया“ बजेट विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार