१४ बैशाख २०८१, शुक्रबार

अनलाइनबाट ठगी



कञ्चनपुर । कञ्चनपुरमा अनलाइनबाट ७५ हजार रुपैया ठगी भएको छ । जिल्लाको भीमदत्त नगरपालिका गोबरैयाकी सुशीला वोहरा र दोधरा चादनी नगरपालिका वडा नम्बर ७ की माया बुढालाई अनलाइन मार्फत ७५ हजार रुपैया ठगी भएको बताइएको छ ।

फेसबुक चलाउँदै गर्दा दुवै जनाको मोबाइलमा “तपाईको चिठ्ठा परेको छ, बधाइ छ” भन्ने सन्देश आएको थियो । सन्देश आएपछि फेसबुक मार्फत कुराकानी गर्दै जाँदा फेसबुक पछि ह्वाट्सपमा बधाइ आएको ठाउँबाट कुरा हुन थालेपछि दुबै जना अनलाइनबाट ठगिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

२५ लाख रुपैयाको चिठ्ठा परेको छ, कसैलाई खबर नर्गनुु होला भनेर ह्वास्पबाट कुरा गरेपछि शंकाको आधारमा प्रहरी समक्ष आएर ठगिएको गुनासो आएको प्रहरीले जनाएको छ । सुशीला वोहरालाई ५५ हजार रुपैया मोबाइल एप इमोबाट ठगि भएको छ भने माया बुढालाई २० अजार अर्को मोबाइल ह्वाटसपबाट ठगी भएको छ ।

कुराकानी गर्दा हिन्दीमा कुरा गर्ने र पैसा पठाएपछि मात्रै चिठ्ठा परेको रकम उपलब्ध गराउने नियम छ भन्दै केही दिन अघिबाट यी दुई जनालाई अनलाइनबाट निरन्तर ठगी गर्ने व्यक्तिले फलोअप गर्दै आएको थियो ।

चिठ्ठाको रकम पाउनलाई माया बुढाले २० हजार र सुशीला वोहराले ५५ हजार रुपैया आइएमी मार्फत पठाएको प्रहरीले जनाएको छ । पैसा पठाएको केही समयमै थप पैसा पठाउन भनेपछि आफूहरु ठगिएको भन्दै दुवै प्रहरी समक्ष आएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी अमर बहादुर थापाले बताए ।

उनका अनुसार अनलाइन मार्फत ठगी गर्ने प्रवृतिका घटना बाहिरी देशबाट हुने भएकोले प्रहरीले ठगिएको विषयलाई विभिन्न माध्यमबाट अनुसन्धान गरिहरेको छ । अनलाइनको माध्यमबाट मानिस ठगिएको विषयलाई अनुसन्धान गर्नको लागि प्रहरीले काठमाडौको युनिटसंग पनि समुन्वय गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार