७ बैशाख २०८१, शुक्रबार

कोरोना संक्रमित प्रदेश सांसदलाई काठमाडौं लगियो



धनगढी । कोरोना संक्रमित सुदूरपश्चिम प्रदेश सभा, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सभापति हर्कबहादुर कुवरलाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।

उनलाई मंगलबार थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगिएको छ ।

१४ गते कोरोना संक्रमणपछि होम आइसोलेसनमा रहेका सभापति कुँवरलाई सेती प्रादेशिक अस्पतालले मंगलबार काठमाडौं रेफर गरेको हो ।

स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि थप उपचारको लागि हवाई उद्दार गरिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

उनको अहिले काठमाडौंको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार