सुदूरपश्चिम प्रदेश सभा : बिजनेश नपाएर सुस्त
धनगढी । सुदूरपश्चिम प्रदेश सभाको हिउदे अधिवेशन बिजनेश नभएर सुस्त बनेको छ । गत माघ २६ गतेदेखि शुरु भएको प्रदेश सभाको सातौ अधिवेशनमा प्रदेश सरकारले बिजनेश दिन नसकेपछि गति नै सुस्त बनेको देखिएको छ ।
प्रदेश सभाको सातौ अधिवेशनको पाँचौ बैठकसम्म एक अध्यादेश र एक ऐन पारित भएको छ प्रदेश सभा सचिवालयले जनाएको छ ।
प्रदेशको सातौ अधिवेशनको चौथो बैठकबाट वातावरण संरक्षण सम्बन्धी कानुन संशोधन र एकिकरण गर्न बनेको अध्यादेश पारित भएको थियो भने पाँचौ बैठकबाट सुदूरपश्चिम प्रदेश बालबालिका सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ ।
अहिले प्रदेश सभाको विषयगत समितिमा चार वटा विधेयक दफाबार छलफलमा रहेको बताइएको छ ।
सोमबार आह्वान गरिएको प्रदेश सभाको छैठौं बैठकमा बिजनेश नहु“दा भोली (बुधबार, फागुन १९ गते दिउँसो १ बजे) सम्मका लागि स्थगित गरिएको छ ।
प्रदेशका सभामुख अर्जुनबहादुर थापाले विशेष कारणले सोमबार आह्वान गरिएको बैठक स्थगित गर्नुपरेको प्रतिक्रिया दिए । तर, प्रदेश सभा सदस्यहरूले भने विजनेश नहु“दा स्थगित भएको बताए ।
प्रदेश सभाको विषयगत समितिमा प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, ‘सुदूरपश्चिम प्रदेशको पशु स्वास्थ्य तथा पशु सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’, ‘सुदूरपश्चिम प्रदेशको वीऊबिजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘सुदूरपश्चिम प्रदेशको दुग्ध विकास बोर्ड स्थापना र व्यवस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ दफावार छलफलमा रहेका छन् ।
नेपाली का“ग्रेसका प्रदेश सभा सदस्य भरतबहादुर खडकाले प्रदेश सरकारले विजनेशन नदि“दा हिउ“दे अधिवेशन सुस्त गतिमा अघि बढिरहेको बताए । ‘बैधानिक रुपमा सदनमा विधेयक पास गर्नुपर्ने, कानुन निर्माण गर्नुपर्ने र बा“की बजेट पास गर्नुपर्ने एउटा प्रयोगशालाका रुपमा वैधानिक र प्रक्रियागत रुपमा नबोलाई नहुने भएकाले सदन आह्वान गरेको छ’ उनले भने– ‘हिउ“दे अधिवेशन जसलाई कानुनी अधिवेशन पनि भनिन्छ । यसलाई प्रारम्भ गर्यो तर, अहिले एक महिना पुग्नै लाग्दा समेत पाच पटकमात्र बैठक बसेको छ ।’
उनले प्रदेश सरकारसंग विजनेस नभएको, प्रदेशलाई प्रभावकारी बनाउने, प्रदेश सांसदलाई जवाफदेही बनाउने र त्यसबाट प्रतिफल ल्याउने तथा समग्र प्रदेशबासीलाई प्रदेश सभा भरोसाको केन्द्रविन्दुको रुपमा विकास गर्न तर्फ ध्यान दिन नसकेको बताए ।
दुई दिनका लागि बैठक स्थगित
सुदूरपश्चिम प्रदेश सभाको सोमबार आह्वान गरिएको सातौं अधिवेशनको छैठौं बैठक स्थगित भएको छ ।
सोमबार दिउँसो १ बजे आह्वान गरिएको बैठक विशेष कारणले स्थगित भएको जनाइएको छ ।
‘विशेष कारणले सभामुखले बैठक स्थगित गरेको जानकारी दिएका हुन’ प्रदेश सभा सचिवालयका प्रवक्ता सिद्धराज चटौतले भने ।
प्रदेश सभाको अर्को बैठक फागुन १९ गते दिउ“सो १ बजे आह्वान गरिएको छ ।






