१० श्रावण २०८१, बिहीबार

खप्तड लघुवित्तको साधारण सभा



धनगढी । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ स्थित खप्तड लघुवित्त वित्तिय संस्थाको शनिबार प्रथम वार्षिक साधारण सभा भएको छ ।

साधारण सभाको कैलाली जिल्ला निर्वाचन कार्यालय प्रमुख प्रेमराज भट्टले उद्घाटन गरेका थिए । साधारण सभा संस्थाका अध्यक्ष सुमन प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

कार्यक्रमको संचालन संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेश बहादुर बमले गरेका थिए ।

२०७६ साल फागुन १८ गते स्थापना भएको सो संस्थाको सेयरपुँजी दुई करोड ६८ लाख रुपैया रहेको छ । संस्थामा ६२ जना शेयर सदस्यहरु रहेका छन् ।

संस्थाले चालु आर्थिक वर्षको पुस मसान्तसम्म सात करोड ९३ लाख रुपैया कर्जा लगानी गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत बमले बताए ।

यसैबीच, प्रथम साधारण सभाले सुमन प्रसाद श्रेष्ठको नेतृत्वमा नया कार्यसमिति चयन गरेको छ ।

कार्यसमितिका सदस्यहरुमा चन्द्रबहादुर चन्द, डबल बहादुर शाह र रणदेव कृष्ण श्रेष्ठ रहेका छन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार