१० श्रावण २०८१, बिहीबार

चवाराचौताराको साधारण सभा



धनगढी । डोटीको चवारा चौतारा (बोगटान गाउँपालिका) घर भई हाल धनगढी बस्दै आएका व्यक्तिहरुले गठन गरेको चवरा चौतारा समाजको शनिबार १७ औ साधारण सभा भएको छ ।

साधारण सभाले जयप्रकाश मिश्रलाई पुनः सर्वसम्मतिबाट अध्यक्षमा चयन गरेको छ ।

समितिको उपाध्यक्षमा दिपेन्द्र बहादुर वम, सचिवमा गणेश जोशी, सहसचिवमा प्रकश प्रसाद मिश्र तथा कोषाध्यक्षमा प्रेमबहादुर वम चयन भएका छन्् ।

यसैगरी सदस्यहरूमा चन्द्रिका उपाध्याय, वसन्ता भण्डारी वम, भोजराज पाठक, देवराज जोशी, दुर्गादत्त उपाध्याय र लालसिंह बोहरा चयन भएका हुन् ।

यसअघि साधारण सभाको संस्थाका संस्थापक अध्यक्ष प्रेमराज उपाध्यायले उद्घाटन गरेका थिए ।

साधारण सभा उद्घाटन कार्यक्रममा पूर्व सांसद महेश्वर पाठक, पूर्व जिविस सभापति नारायणदत्त मिश्र, धनगढी उपमहानगरपालिका उपप्रमुख सुशीला मिश्र भट्ट, जगत बहादुर बम लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

साधारण सभा संस्थाका अध्यक्ष जयप्रकाश मिश्रको अध्यक्षतामा भएको थियो ।

संस्थाका सचिव गणेश जोशीले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष दिपेन्द्र बहादुर वमले स्वागत मन्तव्य व्यक्र गरेका थिए ।

तीन जना सम्मानित

चवरा चौतारा समाजको १७ औ साधारणसभा तथा सातौ औं अधिवेशनका अवसरमा समाजका तीन जनालाई सम्मान गरिएको छ ।

सम्मानित हुनेमा समाजका जेष्ठ नागरिक देवराज उपाध्याय, नियमित वचतकर्ता पुरुष तर्फ इशवरी दत्त मिश्र तथा महिला तर्फ चन्द्रिका उपाध्याय रहेका छन्् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार