वडा कार्यालय भवन शिलन्यास
धनगढी/ धनगढी उपमहानगरपालिका वडा नम्बर ७ को वडा कार्यालय भवनको शनिवार शिलन्यास गरिएको छ ।

धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वड र उपप्रमुख सुशीला मिश्र भट्टले वडा कार्यालय भवनको संयुक्त रुपमा शिलन्यास गरे ।
सो वडा कार्यालय भवन एक बर्ष भित्रै निर्माण पुरा हुने गरी ठेक्का सम्झौता गरिएको बताइएको छ ।
सो अवसरमा नगर प्रमुख वडले उपमहानगरपालिकाका १९ वटा वडा कार्यालयहरूमध्ये अधिकांस वडाको कार्यालय भवन निर्माण भइसकेको बताए ।
उनले आगामी आर्थिक वर्षभित्र बाकी वडाका कार्यालय भवन पनि निर्माण भइसक्ने बताए ।
सो अवसरमा नगर उपप्रमुख भट्टले उपमहानगरपालिकाले वडा कार्यालय भवन निर्माणलाई प्राथमिकतामा राखेको बताईन् ।
वडा नम्बर ७ का वडाध्यक्ष सिताराम रानाले वडा कार्यालय भवन निर्माण कार्यको अनुगमन गरिदिन स्थानीय बासिन्दासंग अनुरोध गरे ।