१६ चैत्र २०८०, शुक्रबार

भागरथीका परिवारलाई आर्थिक सहयोग




बैतडी / बलात्कारपछि हत्या गरिएकी बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टकी आमालाई सुदूरपश्चिम समाज दक्षिण कोरियाले आर्थिक सहयोग गरेको छ ।

समाजले कोरियामा संकलन भएको दुई लाख ८३ हजार रुपैया भागथीकी आमा द्रोपतीलाई हस्तान्तरण गरेको हो ।

शुक्रबार समाजका पूर्व अध्यक्ष धर्मराज जोशी र नरबहादुर साकी, पूर्वसचिव सुरेन्द्र भण्डारी, पूर्वकोषाध्यक्ष नवराज भट्ट, वर्तमान कोषाध्यक्ष डिल्लीराज पनेरुले घरमै गएर रकम हस्तान्तरण गरेका छन् ।

\भागरथीको हत्यापश्चात सुदूरपश्चिम समाज दक्षिण कोरियाका निवर्तमान अध्यक्ष लालबहादुर साउदको संयोजकत्वमा कोरियामा सहयोग अभियान सञ्चालन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार