१३ बैशाख २०८१, बिहीबार

गल्ती महशुस गरे ओलीको कार्वाही फुकुवा हुन्छ : रावल




धनगढी/ नेकपा सुदूरपश्चिमका इन्चार्ज डा. भीमबहादुर रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती महशुस गरेर माफी मागे पार्टीबाट गरिएको कार्वाही फिर्ता लिन सकिने बताएका छन् ।

पार्टीको कारवाही फिर्ता लिन सकिन्छ तर प्रधानमन्त्री बनाउन सकिदैन नेता रावलले धनगढीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा भने राष्ट्रपतिमाथि महाअभियोग लगाउने विषय अहिले सोचिएको छैन ।

उनले प्रधानमन्त्री को हुने, मन्त्री को हुने भन्ने होइन संविधान र लोकतन्त्रको रक्षा कसरी हुन्छ त्यसरी अगाडि बढ्ने बताए । उनले लोकतन्त्रका पक्षधरसित मिलेर सरकार बनाउने पनि बताए ।

नेता रावलले नैतिकता भए अदालतको निर्णयको सम्मान गरेर तुरुन्तै प्रधानमन्त्री पदबाट ओलीले राजीनामा दिनु पर्ने बताए । हुन त नैतिक मान्छेले नैतिकता देखाउने हो उनले टिप्पणी गरे ।

उनले सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य र अलमल, भ्रम र स्वार्थले ओली समूहमा लागेकालाई पाटीमा फर्किन पनि आग्रह गरे । पत्रकार सम्मेलनमा प्रदेश अध्यक्ष भानुभक्त जोशीले एक विज्ञप्ती वाचन गरेर सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार