१५ बैशाख २०८१, शनिबार

प्रधानमन्त्रीले राजीनामा गर्दैनन् : प्रेस सल्लाहकार थापा




धनगढी / सर्वोच्च अदालतले मंगलबार प्रतिनिधिसभा पुनर्स्थापना गर्ने निर्णय गरेपछि धेरै राजीतिक दलका नेताले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिरहे पनि उनले तत्काल राजीनामा नदिने संकेत प्राप्त भएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मंगलबार साँझ सामाजिक सञ्जाल फेसवूकमार्फत प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्ने भन्दै तत्काल राजीनामा नदिने उल्लेख गरेका छन् ।

‘सर्वोच्च अदालतले गरेको फैसला विवादास्पद छ, तर मान्नुपर्छ उनले भनेका छन् र, कार्यान्वयन गर्नुपर्छ। यसका दुष्प्रभावहरू भविष्यमा देखिदैं जाने निश्चित छ प्रेस सल्लाहकार थापाको दावी छ। यसबाट राजनीतिक समस्याहरूको कुनै हल हुने अवस्था पनि छैन बरू अस्थिरता अझै बढ्ने छ।

सत्ताको खेल बढ्नेछ, थापाले सल्लाहकार थापाले लेखेका छन् , प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छ । तत्काल राजीनामा दिनुहुने छैन।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार