७ बैशाख २०८१, शुक्रबार

धनगढीमा पनि निसान मोटर्स म्यागनाइट सार्वजनिक




धनगढी / निसान मोटर्सको बहुप्रतीक्षित ‘बिग, बोल्ड, ब्युटिफुल’ बी–एसयुभी म्यागनाइट धनगढीमा सार्वजनिक भएको छ ।

सो मोटर्सको मंगलबार साँझ कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले सार्वजनिक गरेका थिए ।

यसअघि सो ब्राण्डको अनलाइनमार्फत विश्वव्यापी रूपमा सार्वजनिक गरिएको थियो । सो मोर्टर्सको विषेशताका बारेमा स्थानीय विक्रेता जिएआरएस टेडिंग कन्सर्नका प्रवन्ध निर्देशक अशोक पाण्डेले जानकारी गराएका थिए ।

यो एसयुभीमा स्पोर्टी लुक्स सहित एलइडी हेडल्याम्प, एलइडी डिआरएल, फ्लोटिङ रूफ, डुअल टोन बडी पेन्ट, डुअल टोन रियर बम्पर जस्ता विशेषता रहको बताइएको छ ।

निसान म्यागनाइट १.० लिटर पेट्रोल इन्जिनको दुईवटा भेरियन्टमा उपलब्ध हुने कम्पनीले जनाएको ।

यसमा एउटा नेचुरली एसपिरेटेड र अर्को टर्बोचाज्र्ड इन्जिन हुने बताइएको छ । यो गाडीमा आठ इन्च फुल फ्लस टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, सात इन्च टिएफटी ड्राइभ असिस्ट डिस्प्ले, टायर प्रेसर मोनिटर सिस्टम, क्रुज कन्ट्रोल, ३६० डिग्री क्यामेरा लगायत विभिन्न फिचर उपलब्ध रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार