८ बैशाख २०८१, शनिबार

ओलीले तुरुन्तै राजीनामा दिनुपर्छ : डा. रावल




धनगढी/ नेकपाका स्थायी समिति सदस्य तथा सुदूरपश्चिम इन्चार्ज डा. भीमबहादुर रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको पदमा रहने सबै आधार समाप्त भएकोले तुरुन्तै राजीनामा गर्नु पर्ने बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो विचार लेख्दै नेता रावलले सर्वोच्च अदालतले ओलीको प्रतिनिधि सभा विगठनको कदमलाई स्वेच्छाचारी र असंवैधानिक ठहर गरेको समेत उल्लेख गरेका छन् ।

डा. रावलले ओलीको निरंकुश कार्यका विरुद्ध आन्दोलन गर्ने सबैलाई धन्यवाद र बधाई समेत दिएका छन् ।

नेता रावल सर्वोच्चको फैसलाको स्वागतमा धनगढीको चटकपुरस्थित नेकपाको प्रदेश कार्यालयमा आयोजित दीप प्रज्वलनमा सहभागी थिए ।

सो कार्यक्रममा प्रदेशका सहइन्चार्ज लक्ष्मणदत्त जोशी, प्रदेश अध्यक्ष भानुभक्त जोशी , मुख्यमन्त्री त्रिलोचन भट्ट लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार