१५ बैशाख २०८१, शनिबार

जनताको जीत भयो सोडारी



धनगढी / सर्वोच्च अदालतले संसद ( प्रतिनिधि सभा ) पुर्नस्थापना गरेपछि धनगढीमा स्वागत र्याली निकालिएको छ ।

नेकपाका कैलालीका अध्यक्ष दीर्घ सोडारीको नेतृत्वमा धनगढीमा सर्वोच्चको फैसलाको स्वागत गरिएको हो ।

सो अवसरमा बोल्दै अध्यक्ष सोडारीले जनताको जीत भएको बताए । उनले भने अदालतको न्यायपूर्ण ऐतिहासिक फैसलालाई हामी स्वागत गर्न चाहन्छौ ।

अदालतले संविधानको सर्वोच्चता कामय गरेको छ यसले जनतालाई सुखी बनाएको छ उनले भने जनताको लामो संघर्ष र लोकतन्त्र अन्त्य गर्ने खेलको अन्त्य भएको छ ।

धनगढीको एलएन चोक, जिल्ला प्रशासन, चटकपुर लगायतका ठाउँमा स्वागतमा दिप प्रज्वलन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार