७ बैशाख २०८१, शुक्रबार

सोडारीले लिए नेकपा कैलालीको अध्यक्षको सपथ




धनगढी / नेकपा (प्रचण्ड -माधव ) समूहको कैलाली अध्यक्षमा चयन भएका युवानेता दीर्घ सोडारीले सपथ लिएका छन् ।

प्रदेश कार्यालयमा आयोजित एक कार्यक्रममा सोडारीलाई सो पार्टीका स्थायी समिति सदस्य तथा सुदूरपश्चिम इन्चार्ज डा. भीमबहादुर रावलले सपथ गराएका हुन ।

सोडारी तत्कालिन नेकपा (एमाले) का निर्वाचित अध्यक्ष पनि हुन । अनेरास्ववियूबाट राजनीति शुरु गरेका उनी एमालेको जिल्ला कमिटी सदस्य, सचिवालय सदस्य, जिल्ला सचिव समेत भएका थिए ।

सोडारीले नौ महिना प्रदेश सरकारको सामाजिक विकासमन्त्रीकारुपमा समेत काम गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार