१० श्रावण २०८१, बिहीबार

विकास निर्माणमा युवा परिचालन



अछाम । अछामको मेल्लेख गाउँपालिकाले विकास निर्माण कार्यमा युवालाई परिचालन गरेको छ ।

गाउँपालिकाभित्र हुने विकास निर्माण कार्यमा युवाहरुलाई सहभागिता गराएर रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ कार्य अगाडि बढाइएको गाउपालिकाले जनाएको छ ।

आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै मेल्लेख गाउपालिकाले दिगो विकास र रोजगार युवाको सरोकार भन्ने नाराका साथ विकास निर्माण कार्यमा युवाहरुलाई परिचालन गरिएको गाउपालिकाका अध्यक्ष लोकबहादुर बोहराले बताए ।

अध्यक्ष बोहराले पहिलो चरणमा गाउपालिकाका विभिन्न वडामा विद्युत लाइन विस्तारका लागि ५० जना युवा परिचालन गरिएको जानकारी दिए ।

उनले भने– कोरोना महामारीका कारण रोजगार गुमाएर गाउँ फर्केकाहरुको तथ्यांक राखेका छौं । त्यसै अनुरुप युवाहरुलाई रोजगारीमा सहभागी गराउने कार्ययोजना बनाएका छौं ।

उनले कोरोनाका कारण रोजगारी गुमाएर गाउ फर्किएकाहरुलाई पहिलो प्राथमिकतामा राखेर काम भइरहेको बताए ।

अध्यक्ष बोहराले गाउपालिका भित्रका युवाहरुलाई रोजगारका लागि भारतका विभिन्न शहर धाउने बाध्यताको अन्त्य गरिने बताए ।

मेल्लेख गाउपालिकाले युवा स्वरोजगार कार्यक्रमका लागि चार करोड २२ लाख ९१ हजार रुपैया बजेटको व्यवस्था गरेको र नौ सय ५३ जनालाई व्यवसायमा जोडेर रोजगार तथा आत्मनिर्भर बनाउने कार्ययोजना बनाएको छ ।

हालसम्म गाउपालिका भित्रका आठ सय ३५ जनाले बेरोजगार फाराम भरेका छन् ।

गाउँपालिकाकाले श्रम तथा उत्पादन मुलक रोजगारमा ८२ घरपरिवारलाई भैसीपालन, एक सय २८ घरपरिवारलाई बाख्रापालन तथा फार्म, ११ घरपरिवारलाई कुखुरा पालनमा लगायतका व्यवसायमा सलग्न गराएको छ ।

कार्यक्रममा पालिकाका उपाध्यक्ष धनबहादुर शाहीले विकास निमार्णसगै सामाजिक अभियानका कार्यक्रम सञ्चालन रहेको बताए । उनले बिषेश गरी बालबिवाह न्युनिकरण र छाउपडि कुप्रथा अन्त्यका लागी निकै चुनौती रहेको भन्दै अब ठोस कार्य योजना बनाएर आगाडी बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार