१२ बैशाख २०८१, बुधबार

कोरोना विरुद्धको खोप अभियान : दोस्रो चरणमा ८३ प्रतिशत प्रगति



धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना विरुद्धको खोप अभियानको दोस्रो चरणमा लक्षित समुहमध्ये करिब ८३ प्रतिशत व्यक्तिहरूले खोप लगाएका छन् ।


सुदूरपश्चिम प्रदेशमा दोस्रो चरणमा २७ हजार ५९ व्यक्तिलाई खोप लगाउने लक्ष्य लिएकोमा आइतबारसम्म ८२ दशमलव ७९ प्रतिशत व्यक्तिहरूले खोप लगाएको जनाइएको छ ।

सुदूरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार आइतबारसम्म १८ हजार तीन सय ३३ पुरुष र चार हजार ६८ महिला गरी २२ हजार चार सय एक जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।


प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कैलाली र डोटी जिल्लामा लक्ष्यभन्दा बढी व्यक्तिहरूले कोरोना खोप लगाएका छन् । कैलालीमा छ हजार जनालाई कोरोना खोप लगाउने लक्ष्य लिइएकोमा छ हजार तीन सय २० जना (एक सय पाँच प्रतिशत) ले लिएका छन् ।


त्यस्तै, डोटीमा दुई हजार नौ सय १४ जनालाई खोप लगाउने लक्ष्य लिइएकोमा दुई हजार नौ सय ७८ जना (एक सय दुई प्रतिशत) ले खोप लिएका छन् ।

बझाङमा सबैभन्दा कम प्रगति भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । बझाङमा दुई हजार आठ सय ९० जनामा खोप लगाउने लक्ष्य राखिएकोमा आइतबारसम्म एक हजार सात सय २७ जना (५९ दशमलब ७६ प्रतिशत) ले मात्र खोप लगाएका छन् ।


त्यस्तै, बाजुरामा दुई हजार एक सय ३६ जनामा खोप लगाउने लक्ष्य लिइएकोमा एक हजार तीन सय ८९ जना (६५ दशमलव तीन प्रतिशत) ले खोप लगाएका छन् ।

सुदूरपश्चिम प्रदेशमा १४ वटा खोप केन्द्रबाट सरकारले दोस्रो चरणअन्र्तगत फागुन २ गतेदेखि कोरोना विरुद्धको खोप अभियान सञ्चालन गरेको गरेको थियो ।


दोस्रो चरणको खोप अभियानमा सबैभन्दा बढी जनपद प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीले खोप लिएका छन् । सुदूरपश्चिम प्रदेशमा नेपाल प्रहरीका चार हजार चार सय ८६ जनालाई कोरोना विरुद्धको खोप लगाउने लक्ष्य लिइएकोमा तीन हजार आठ सय ८४ जनाले खोप लिएका छन् ।
त्यस्तै, सशस्त्र प्रहरीका एक हजार आठ सय ७७ जनालाई खोप लगाउने लक्ष्य लिइएकोमा दुई हजार आठ सय ६८ जनाले खोप लगाएका छन् ।


त्यस्तै, तीन हजार चार सय २५ जना निजामति सेवाका कर्मचारीमा खोप लगाउने लक्ष्य लिइएकोमा चार हजार एक सय ७६ जनाले खोप लगाएका छन् ।

त्यस्तै, नौ हजार सात सय ३४ जना स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई खोप लगाउने लक्ष्य लिइएकोमा पाँच हजार दुई सय ७३ जना स्थानीय तहका जनप्रतिनिधी र कर्मचारीले खोप लगाएका छन् ।


दोस्रो चरणको खोप अभियानमा सञ्चारकर्मीहरूलाई पनि कोरोना खोप लगाउने लक्ष्य लिइएको थियो । तर, आइतबारसम्म करिब ५० प्रतिशत सञ्चारकर्मीले मात्रै खोप लगाएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिम प्रदेशमा एक हजार तीन जना सञ्चारकर्मीहरूलाई कोरोना विरुद्धको खोप लगाउने लक्ष्य लिइएकोमा आइतबारसम्म पा“च सय ६५ जनाले मात्र खोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार