१० श्रावण २०८१, बिहीबार

भूमि सम्बन्धी आयोग सदस्य बन्न अस्वीकार



धनगढी / नेकपाका नेता बलबहादुर महताले भूमिसम्बन्धी समस्या समाधान आयोग कैलालीको सदस्य पद अस्वीकार गरेका छन् ।

महताले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गुटगत रुपमा गठन गरेको भूमि सम्बन्धी समस्या समाधान आयोगको सदस्य पद आफूले स्वीकार नगर्ने बताए ।

सरकारले नियुक्त गरेका भूमि सम्बन्धी आयोगका पदाधिकारीहरुको गत २ गते सपथ ग्रहण गरिएको थियो । महता भने सपथ ग्रहण तथा पदभार ग्रहण कार्यक्रममा उपस्थित रहेका थिएनन् ।

‘प्रतिनिधि सभा विघटन गर्ने एवं पार्टी नै विभाजित गर्ने जस्तो कार्य गर्ने प्रधानमन्त्री ओली र उनको कामचलाउ सरकारले गरेको सो निर्णय अस्विकार्य रहेको कुरामा म पुनः जोड दिन चाहन्छु’, महताले आइतबार जारी गरेको विज्ञप्तिमा भनेका छन् ।

नेकपाको सुदूरपश्चिम प्रदेश कमिटीका सदस्य समेत रहेका उनले प्रधानमन्त्री ओलीको असंवैधानिक र अलोकतान्त्रिक कार्यको विरोध गर्न, जनता र पार्टीको हितमा एकताबद्ध भई उभिन समेत अपील गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार