१५ बैशाख २०८१, शनिबार

सुदूरपश्चिम प्रदेश सरकारकाे उपलब्धी कमजाेर, तीन वर्षमा साढे ३६ अर्ब खर्च



धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो तीन वर्षसम्मको उपलब्धीहरू सार्वजनिक गरेको छ ।

७१ औं प्रजातन्त्र दिवसको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले शुक्रबार सार्वजनिक गरेको प्रदेश सरकारका प्रमुख उपलब्धी सम्बन्धी पुस्तिकामा तीन वर्षको अवधिमा प्रदेश सरकारमार्फत ३६ अर्ब ५३ करोड ८९ लाख ९० हजार रुपैयाँ खर्च भएको उल्लेख छ ।

यो अवधिमा पुजीगत तर्फ १८ अर्ब ७४ करोड ६३ लाख ७४ हजार रुपैयाँ तथा चालूतर्फ १७ अर्ब ७९ करोड २६ लाख १६ हजार रुपैयाँ खर्च भएको छ ।

प्रदेश सरकारले सार्वजनिक गरेको प्रगति पुस्तिका अनुसार आर्थिक वर्ष २०७४÷७५ देखि ०७७÷७८ सम्म प्रदेश सरकारले बजेट मार्फत चालुतर्फ ४५ अर्ब ७१ करोड ३१ लाख १६ हजार रुपैयाँ र पुजिगततर्फ ४१ अर्ब ९१ करोड ६३ लाख ९१ हजार गरी ८७ अर्ब ६२ करोड ९५ लाख सात हजार रुपैयाँ विनियोजन गरेको छ ।

यस अवधिमा प्रदेश सरकारले पुजिगत बजेट भन्दा चालु तर्फ बढी बजेट विनियोजन गरेको छ । त्यस्तै, यो अवधिमा चालु खर्चको तुलनामा पुजिगत खर्च कमजोर रहेको छ ।

प्रदेश सरकारको पुजिगत खर्च कमजोर रहेको र प्रदेश सरकारका कार्यक्रमको उपलब्धी पनि कमजोर रहेका कारण प्रजातन्त्र दिवसका अवसरमा आयोजित विशेष समारोहमा सरकारका तीन वर्षका उपलब्धी विवरण सार्वजनिक गरेपछि मुख्यमन्त्री त्रिलोचन भट्टले “प्रदेश सरकारले तीन वर्षमा थुप्रै कामको थालनी गरेको भए पनि त्यसको परिणाम आउन समय लाग्ने” चर्चा गरे ।
सुदूरपश्चिम प्रदेश सरकारले यो अवधिमा सबैभन्दा बढि पूर्वाधार विकासतर्फ अधिक बजेट विनियोजन गरे पनि उपलब्धीहरू भने कमजाृेर देखिएका छन् । प्रदेशमा जलविद्युत आयोजना निर्माणका लागि तीन वर्षदेखि वातावरण प्रभाव मुल्यांकन र सम्भाव्यता अध्ययन मै सीमित रहेको छ ।

प्रदेशमा सिंचाई तर्फ १८० किलोमिटर पक्की र एक सय किलोमिटर कच्ची कुलो बनाएर नौ हजार ८९० हेक्टर जमीनमा सिंचाई सुविधा पु¥याइएको प्रगति पुस्तिकामा उल्लेख छ ।


त्यस्तै, खानेपानीका एक सय ९६ आयोजना पुरा भएको प्रगति पुस्तिकामा उल्लेख छ ।
त्यस्तै, सडक पुर्वाधारतर्फ तीन वर्षमा एक सय २८ किलोमिटर पक्की, तीन सय २२ किलोमिटर ग्राभेल र सात सय आठ किलोमिटर कच्ची सडक निर्माण भएको प्रदेश सरकारले जनाएको छ । सो अबधिमा १० वटा सडक पुल र १८ वटा झोलुंगे पुल निर्माण भएको पुस्तिकामा उल्लेख छ ।
प्रदेश सरकारको प्रगति पुस्तिकामा चालू आर्थिक वर्ष २०७७÷०७८ मा थप दुई सय आठ किलोमिटर पक्की सडक, ५९ किलोमिटर ग्राभेल र दुई सय १५ किलोमिटर कच्ची सडक निर्माण हुने उल्लेख छ ।

त्यस्तै आगामी आर्थिक वर्ष २०७८÷७९ मा पुरा हुने गरी पक्की सडक एक सय ६० किलोमिटर, ग्राभेल सडक ४८ किलोमिटर र कच्ची सडक दुई सय २८ किलोमिटर क्रमागत योजनाको रुपमा अगाडि बढाएको पनि प्रदेश सरकारले जनाएको छ ।

यसैगरी, जनता आवास कार्यक्रम अन्तरगत एक हजार ७४६ निजी र ५७ वटा सामुदायिक तथा सरकारी भवन निर्माण भएको पुस्तिकामा जनाइएको छ ।

चालू आर्थिक वर्षमा थप एक हजार र आउदो आर्थिक वर्षमा एक हजार २५४ निजी आवास निर्माण भई समुदायमा हस्तान्तरण हुने प्रदेश सरकारले जनाएको छ ।

त्यस्तै, यो अवधिमा ८० वटा सरकारी तथा सामुदायिक भवन समेत निर्माण हुने पुस्तिकामा उल्लेख छ ।

यसैगरी, मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपञ्छी विकास कार्यक्रम अन्तरगत कृषि तथा पशुपञ्छी विकासका एक सय १३ वटा नमुना गाउ कार्यक्रम अगाडि बढाइएको प्रदेश सरकारले जनाएको छ ।

तीमध्ये २६ वटा तरकारी खेती, ४१ वटा बाख्रापालन, १३ वटा फलफुल खेती, ६ वटा गहु खेती, ८ वटा धान खेती, माछापान, मकै र मसला खेतीका १÷१, ४ वटा उखु, २ वटा मौरीपालन, भैंसी र भेडापालनका ३÷३ वटा तथा ४ वटा कुखुरापालनको नमुना गाउ बनाइएको छ ।

प्रदेश सरकारले पर्यटन तर्फ तीन सय ८ वटा मन्दिर, १० वटा गुम्बा, ६ वटा चर्च, ४० वटा वदमार्ग, १२ वटा धर्मशाला तथा यात्री गृह र २९ वटा भ्युटवर, पार्किङ स्थल तथा संग्रहालय निर्माण गरेको पुस्तिकामा उल्लेख छ ।

विशेष समारोहमा सुदूरपश्चिम प्रदेश प्रमुख सर्मिला कुमारी पन्त, मुख्यमन्त्री त्रिलोचन भट्ट र सभामुख अर्जुनबहादुर थापाले संयुक्त रुपमा प्रदेश सरकारको प्रगति विवरण समेटिएको पुस्तिका लोकार्पण गरेका थिए ।

सुदूरपश्चिम प्रदेश सरकार गठनको तीन वर्ष, प्रमुख उपलब्धीहरू नाम दिइएको सो पुिस्तकामा प्रदेश सरकारका सात वटै मन्त्रालयहरूले तीन वर्षमा गरेका कामहरूको विवरण समावेश गरिएको छ । साथै प्रदेश सरकारले तीन वर्षमा ल्याएका बजेट र त्यसको कार्यान्वयनको स्थिति पनि उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार